Krishnasar_Dubble Ad
Barista_Training

चौतारीको बर्दियाको अध्यक्षमा पुनः सापकोटा

Geruwa GIF
कृष्णसार अनलाइन । प्रेस चौतारी नेपाल बर्दिया शाखाको अध्यक्षमा पुनः यज्ञ प्रसाद सापकोटा सर्वसम्मतले निर्वाचित हुनुभएको छ । बर्दियाको बढैयातालमा भएको प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाको ९ औँ अधिवेशनबाट सापकोटाको नेतृत्वमा ११ सदस्यिय कार्यसमिति निर्वाचित भएको हो ।
अधिवेशनले उपाध्यक्षमा दल बहादुर सुनार, महिला उपाध्यक्षमा सृजना वली, सचिवमा प्रकाश पौडेल, सहसचिवमा सरम चौधरी र  राज कुमार विक निर्वाचित हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा सौगात श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यमा मान बहादुर आले, दिनेश ठाकुर, जोधिराम चौधरी, मिलन विक र राज बहादुर क्षेत्री निर्वाचित हुनु भएको छ । अधिवेसनबाट केन्द्रिय प्रतिनिधिमा जिवन कला थापा(मिना), सुदिप अधिकारी र मान बहादुर चौधरी निर्वाचित हुनुभएको छ भने प्रदेश प्रतिनिधीमा पुष्कर काफ्ले र सुमित्रा बराललाई छनोट गरेको छ ।
Basgadhi PSA_final
अधिवेशनमा सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं बर्दिया इन्चार्ज लक्ष्मण ज्ञावलीले जनसंगठनमा महत्वपुर्ण र उत्कृष्ट संगठन प्रेस चौतारी भएको बताउनु भयो । उहाँले प्रेस चौतारी नेपाल बर्दियाले खोज पत्रकारीता तर्फ ध्यान दिनुपर्ने बताउँदै समाजमा भएका गतिविधिहरुलाई  चुस्त दुरुस्त रुपमा अगाडी बढ्नुपर्ने बताउनु भयो । व्यवसायीक पत्रकारीता विकासमा महत्वपुर्ण भुमिका खेल्नका लागि निर्देशन दिँदै प्रेस चौतारी बर्दिया गुणात्मक पत्रकारीताका लागि अगाडी बढ्नु पर्ने बताउनु भयो ।
नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले प्रेस चौतारी नेपालले आफ्नो संगठनलाई सुदृढ बनाउँदै व्यवसायीकता तर्फ ध्यान दिनुपर्ने बताउनु भयो । संख्यात्मक रुपमा कम भएपनि गुणात्मक रुपमा बलियो भएको बताउनु भयो ।
प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले बर्दिया जिल्लाका जुझारु पत्रकार र पुर्व अध्यक्षहरुले प्रेस चौतारीलाई नवौँ जिल्ला अधिवेशन सम्म ल्याईपुर्याउनु भएको बताउनु भयो । उहाँले बर्दिया जिल्लाको विकास र व्यवसायीक पत्रकारीताको लागि प्रेस चौतारीले महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनु भयो । पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध गलत प्रचार प्रसार धेरै भईरहेको बताउँदै त्यसलाई चिर्नका लागि अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रेस चौतारीको तर्फबाट नेपाल पत्रकार महासंघ बर्दिया शाखामा निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्य, प्रदेश सदस्य र प्रदेश पार्षदलाई सम्मान सहित कदर–पत्र प्रदान गरिएको छ ।
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page