

कृष्णसार अनलाइन । महिलालाई हुने क्यान्सर रोग रोकथाम गर्न एच.पि.भी खोप कार्यक्रम प्रभावकारी भएकोले यसलाई सफल बनाउन सबै लाग्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्टले बताउनु भयो । जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरू तथा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
२० हजार छ सय २१ जना किशोरीलाई एच.पि.भी खोप लगाइने भएको छ । १० वर्ष देखि १६ वर्षसम्मका किशोरीलाई एच.पि.भी खोप लगाइने भएको छ ।
सरकारले ल्याएको खोप कार्यक्रममा कोही पनि किशोरी नछुटुन भन्नेमा सरोकारवाला निकाय सचेत रहेर काम गर्नुपर्नेमा समन्वय समितिका प्रमुख विष्टले जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले खोप कार्यक्रम लक्षित वर्गसम्म पुग्ने जरुरी रहेको बताउनु भयो । उहाँले क्यान्सर रोग गम्भीर स्वास्थ्य समस्या भएकोले यसको रोकथामको लिग खोप कार्यक्रम प्रभावकारी रहेको छ, त्यसकारण विद्यालयमा रहेका र विद्यालय बाहिर रहेका किशोरीलाई खोप अभियानमा जोड्दै खोप लगाउनु पर्ने बताउनु भयो ।

महिलाहरूको पाठेघरमा हुने क्यान्सरको जोखिम कम गर्न एच.पि.भी खोप लगाउने कार्यक्रम मार्फत जिल्ला भरी रहेको छ । माघको २२ देखि २८ गतेसम्म माध्यामिक विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बर्दियाको प्रमुख सुनिता पौडेलले बताउनु भयो । उहाँले एच.पि.भी खोप लगाउनका लागि १ सय ४५ सामुदायिक विद्यालय र ६२ वटा संस्थागत विद्यालयमा खोप केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, लक्षित उमेर समुह बाहेक अन्य गभर्वती, किशोरी ÷महिला, विगतमा खोप लगाउँदा गम्भीर एलर्जी भएका व्यक्ति र खोप लगाउँदा कुने एनाफाईलेक्सिस भएका यो खोप लगाउनु हुँदैन । ’विगतमा एच.पि.भी खोप दुई पटक लगाउने गरिएको भएपनि यस पटक एकवटा खोपले नै पुग्ने छ ।
बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुभाष पाण्डेयले खोप सुरक्षित भएकोले तोकिएको उमेर समूहका सबैले लगाउन जरुरी रहेको बताउनु भयो । उहाँले एच.पि.भी खोप यस अघि पनि स्वास्थ्यकर्मीको सुझावका १० हजार भन्दा बढी खरिद गरि लगाउने गरेको जानकारी दिनभयो । उहाँले सरकारले अहिले १० हजार रुपैयाँ भन्दा बढी रकम पर्ने खोप निःशुल्क लगाउने व्यवस्थापन गरेको हुदाँ खोप लगाउन कोही छुट्न नहुने धारण व्यक्त गर्नु भयो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सूर्यबहादुर खत्रीले विद्यालयमा सञ्चालन गरिने खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय निकायमा रहेका शिक्षा, विद्यालयका प्रधानाध्यपक शिक्षक परिचालन गरिने बताउनु भयो । उहाँले विद्यालय जाने किशोरीलाई एच.पि.भी खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम कम हुने भएकोले पनि यो कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । उहाँले खोप अभियान विद्यालयमा हुने अभियान भएकोले यसलाई सफल बनाउन र सम्पूर्ण विद्यार्थीलाई खोप लगाउने कार्यालयको मातहतमा रहेका सम्पूर्ण जनशक्ति परिचालन गरिने बताउनु भयो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रमुख शिवप्रसाद चौधरीले खोप लगाएर क्यान्सर रोगको जोखिम कम गर्न सकिन्छ भन्ने सन्देश दिएर खोप लगाउनु पर्ने बताउनु भयो । उहाँले क्यान्सर रोगको उपचार गर्दा परिवारले धेरै आर्थिक भार भोग्नु पर्ने हुँदा खोप लगाएर सुरक्षित रहन समेत आग्रह गर्नु भयो । खोप अभियानले परिवार तथा देशलाई पर्ने आर्थिक बोझ कम समेत हुनेमा जोड दिनुभयो ।