

बर्दिया । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको छ । गुलरिया नगरपालिका वडा नं ७ बस्ने पत्रकार एवं समाजसेवी कमल राज पौडेलले अक्षयकोष स्थापना गर्नका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेपछि अक्षयकोष स्थापना भएको हो ।
बर्दियाका संचारकर्मीहरूलाई पत्रकारिता क्षेत्रमा टिकाइ हौसला प्रदान गर्ने अभिप्रायले अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषबाट प्राप्त व्याज रकमले बार्षिक एक जना पत्रकारलाई सम्मान सहित पुरस्कार प्रदान गर्ने नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताउनु भयो ।

राष्ट्र निर्माता पृथ्वी नारायण शाहको विषयमा कलम चलाउनका साथै अभियान चलाए कमलराज पौडेललाई बेलायतमा रहेको संयुक्त राष्ट्रवादी नेपाली संगठनले ३०३ औं पृथ्वी जयन्तीको अवसरमा पृथ्वी पुरस्कार बापत सम्मान सहित १ लाख रकम पुरस्कार प्रदान गरेको थियो । पुरस्कारबाट प्राप्त रकम उहाँले अक्षयकोष स्थापनाका लागि रकमको चेक हस्तान्तरण गर्नु भएको छ ।
पौडेलले पुरस्कार रकम बर्दियाका पत्रकारहरुलाई बृद्धि विकास तथा प्रोत्साहनमा सम्मान स्वरुप रकम हस्तान्तरण गरेको बताउनु भयो । उहाँले पत्रकारीतामा काम गरिरहँदा पत्रकारहरू पिर मर्का बुझेर अक्षयकोष स्थापना गर्न सुरु गरिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका पुर्व प्रमुख डा.राजेश अहिराजले महासंघमा आबद्ध सम्पूर्ण जेहेन्दार तथा लगनशिल पत्रकारहरुलाई सहयोग पुग्ने उहाँले बताउनु भयो । उहाँले देशको सिमा, इतिहास र गौरव जोगाउन पत्रकारले एक भएर कलम चलाउन अनुरोध गर्नुभयो ।