

कृष्णसार अनलाइन । बर्दियामा महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण घुम्ती शिविर हुने भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण घुम्ती शिविर हुने जनाएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाको वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले स्थायी बन्ध्याकरण शिविरलाई स्थानीयको सहजताको लागि ८ वटै स्थानीय तहबाट सेवा लिन सक्ने गरी घुम्ती शिविर चलाएको जनाउनु भयो । उहाँले भन्नुभयो, ‘ स्थायी बन्ध्याकरण गर्न चाहने पुरुष तथा महिलाले आफूलाई पायक पर्नेठाउँमा गएर सेवा लिन सक्नु हुन्छ ।’
शिविर बारबर्दियाको नगर अस्पताल जयनगरमा माघ २९ गते, आधारभूत स्वास्थ्य केन्द्र ठाकुरबाबा फागुन १ गते, बगनाहा स्वास्थ्य चौकीमा फागुन ३ गते, पाताभार स्वास्थ्य चौकीमा फागुनमा फागुन ५ गते, राजापुर प्राथमिक स्वास्थ्य चौकीमा फागुन ७ गते हुनेछ । भने ढोढरी स्वास्थ्य चौकीमा फागुन ९ गते, आधारभूत स्वास्थ्य गुलरिया –६ मा फागुन ११, १२ गते र सोरहवा प्राथमिक स्वास्थ्य केन्द्रमा फागुन १४ गते शिविर हुने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।