bardiyahospital

बिखे कामीहरू

कविता

Geruwa GIF

-मणि शर्मा

कविता

 

cld

नाम ? विचारी बाजेले सोध्छन्

बिसे कामी

काम ?

एककाइसौँ शताब्दीको बिसे नगर्चीको काम

राष्ट्र जोगाउने

तिमीले हाम्रा गामको मुख्याबाजेको हत्या गरेकै हो ?

हो हजुर हो

मैलै नै आफैले बनाएको दुई हाते सिरूपाते खुकुरीले मुख्याबाजेको गर्धन छपक्कै पार्या हो ।

 

कसो गामका रक्षकले समातेर पो नत्र हाम्रो गाम

सात समुदर पारीका हाम्रा वैरीलाई

हकदाबी लाग्ने गरि बेच्न्या मुख्याबाजे मात्रै होईन हजूर

त्यसमा ल्याप्चे ठोक्ने

साच्छी किनाराका सदर बस्ने

जम्मै गाम बेचुवा मत्यारहरूको

एउटै चिहान बनाउँथे

खोटो कपाल सपना अपुरै रह्यो ।

 

सजाय थाहा छ तिमीलाई ?

क्या्रनुन्छहजूर

मेरो गर्धन पनि

छपक्कै छिनाल्नु होला

गामै नरहे

हामी काँ रउँला ?

दुई दिनको जूनी हजूर

आज मरे नि भोलि मरे नि मर्नै छ

काल कस्ले देख्या छ र हजूर ?

आफ्ना गाम – वतनका लागि

मर्न्या त ठूलो पुन्ने हुन्छ हजूर

हजूर ! एउटा कुरा भनम्

गर्धन बक्सिन्छ भने

भन

मुख्याबाजेको निर्नेमा

हजूरले लालमोहर लगाई बक्से

मेरो पिपलपाते खुकुरीले

हजूरको गर्धनलाई पनि मया गर्नेछ हजूर

म त बिसे नगर्चीको सन्तान हो नि हजूर

गामहरू एकीकरण गर्न नसक्या पनि

गामको रच्छे गर्न

जान्या छु खुकुरी उज्याउन ।

 

विचारी बाजेको आँगनमा गाउँलेहरूले

नाराबाजी गरि रहेका हुन्छन्

गाम बेच्न पाँईन्न

गाममारा व्यवस्था चाइन्न

हाम्रो नेता

बिखे कामी

उनलाई नलई

हामी जाँदै नजानी ।

के को हल्ला हो कटुवाल

मालिक ! अरिङ्गाल हुन अरिङ्गाल

आ’छन बिखे कामीलाई लैजान

नछाडे हामी जान्याछौं घाट मसान ।

 

नियाँ निसाफ छैन गाममा

छाडा हुन्छ पाइन्छ यस ठाममा

विचारीबाजे जङ्गिन्छन्

ए गाम रक्षक हो

लखेट तिनलाई

हजूर ! सर्लक्कै गाम उर्लेर आ’छन्

कसलाई ठोकम् कसलाई नठोकम्

मार्न त एक दुई कोरी जनालाई मार्न सकिन्छ

तर अरिङ्गालका गोलासङ्ग

हामी बाँच्न कहाँ सकिन्छ ?

गामै नरहे हामी कहाँ रहौंला हजुर

नियाँ निसाफ कसलाई गरौँला हजुर

वैरीले त आफ्ना प्यारा मुख्याबाजेलाई बचाउन सकेनन्

डराएर अरिङ्गालको गोला देखि आफै भागेर जालान

कसलाई मारम् हजूर

भक्ति थापाहरू

खुकुरी उज्याउँदै आएका छन्

नालापानीका बलभद्र र वीर विराङ्गनाहरू

कोखिलामा नानीहरूलाई च्यापेर आ’का छन्

विचारी बाजे सोचमग्न हुन्छन्

मनमनै डरले काम्छन्र

फैसला गर्छन्

 

यो गामलाई बिखे कामीहरू चाहिन्छ

बिखे कामी जन्माउने आमाहरू चाहिन्छ

त्यसैले

मुखियाबाजे लगायत उनका

मतियारहरूको

श्रीसम्पत्ति खोसेर गाउँलेहरूलाई बाँडी दिनु

मतियारहरूलाई गामघात गरेको हुँदा

आजीवन कैदखानामा हुल्नु । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.