

कृष्णसार अनलाइन । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाउने भएको छ । माओवादी केन्द्रले जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको हो ।
माओवादी केन्द्रले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिवस मनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहभागी हुने भएका छन् । जनयुद्ध दिवसको अवसरमा प्रचण्डले एक भिडियो सन्देशमा जनयुद्धका कारण नै सम्भव भएको उहाँको दाबी समेत रहेको छ । उहाँले जनयुद्धका कारण पछाडि पारिएका समुदायहरू मूल प्रवाहिकरणमा बताउनु भएको छ ।

माओवादी केन्द्रले जितेको बिदा
माओवादी केन्द्रले जितेका स्थानीय तहहरूमा सार्वजनिक बिदा दिइएको छ ।
अन्य राजनीतिक दलले जितेको स्थानीय तहमा भने बिदा दिइएको छैन् । यसअघि प्रचण्ड प्रधानमन्त्री भएको बेला सरकारले २०७९ फागुन १ देखि प्रत्येक वर्ष जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, २०८० देखि नै उक्त निर्णय कार्यान्वयनमा भने सर्वोच्च अदालतमा परेको एक रिटको सुनुवाइ गर्दै अदालतले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय खारेज गरिदिएको थियो ।
त्यसपछि संघीय सरकारले यो दिवसमा बिदा दिन छाडेको हो । तर, माओवादीले जितेका केही स्थानीय तहहरूले भने यो दिवसमा बिदा दिइएकोे छ ।