

कृष्णसार अनलाइन । लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटना बढेको पाइएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटना बढेको पाइएको हो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयका अनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा दुई हजार दुई सय २१ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । इन्सेकका अनुसार सन् २०२३ मा दुई हजार ८३ जना पीडित भएको थिए । सन् २०२३ मा राज्य पक्षबाट ६ जना महिला र २५ जना पुरुष पीडित भएको र गैर राज्य पक्षबाट दुई हजार एक सय ६२ जना महिला र ७८ जना पुरुष पीडित भएको इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले बताउनु भयो ।
उहाँले महिला माथि हुने मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा बढेको हुँदा सरोकारवाला सबै पक्ष जिम्मेवार भएर सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले इन्सेकले सङ्कलन गरेको घटनाको विवरण हेर्दा समाजमा मानव अधिकार उल्लङ्घन घटना बढेको हुँदा यसलाई रोकथाम र न्यूनिकरण गर्न सरोकारवाला सबै पक्ष लाग्नुपर्नेमा जोडदिनु भयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले इन्सेकले प्रकाशन गरेको मानव अधिकारी वर्ष पुस्तकमा राज्य पक्ष भन्दा बढी गैरराज्य पक्षबाट मानव अधिकार उल्लङ्घन र ज्यादती घटना बढेको हुँदा गैरराज्य पक्षबाट हुने घटना कम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले संविधान र कानुनले दिएको अधिकारलाई कार्यान्वयन गर्दै मानव अधिकार रक्षा गरेर मानव अधिकारको पक्षमा काम गर्न जरुरी रहेको बताउनु भयो ।
इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकारको पक्षमा काम गर्ने र मानव अधिकारकर्मीका लागि प्रेरक पुस्तक भएको बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले बताउनु भयो । उहाँले समाजमा अझै पनि आफू विरुद्ध हुने घटनामा खुलेर पीडितले आफ्नो कुरा राख्न वातावरण तयार नभएको हुँदा समाज भइरहेको घटना बाहिर आउन नसकेको धारण व्यक्त गर्नु भयो । उहाँले समाज भइरहेका घटनाहरू कम गर्न लागि सरोकारवाला पक्षमा बीचा छलफल चलाउने र मानव अधिकारको उल्लङ्घन र ज्यादती घटना न्यूनिकरण गर्ने गरी काम गर्न जरुरी रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुल बहादुर कार्कीले प्रहरी काम गर्दै जाँदा कहिलेकाँही केही समस्या पर्दा मानव अधिकार उल्लङ्घन भएको हुन सक्ने बताउनु भयो । उहाँले प्रहरीले शान्ति सुरक्षा कायम गर्दा, वा अन्य काम गर्दा मानव अधिकारको हनन हुन नदिन प्रहरी सचेत रहेको बताउनु भयो । उहाँले बालसुधार गृहमा सानो हुँदा बालसुधार गृहमा राख्नुलाई समस्या भएको समेत कार्यक्रममा बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जकी प्रमुख दारिका अधिकारी ले इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकारको क्षेत्र फराकिलो हुँदै गएको बताउनु भयो । उहाँले मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको क्षेत्रमा लागि महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नु भयो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक सन २०२५ समेत सार्वजनिक गरिएको थियो । भने नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ तथा मानव अधिकारको अवस्थाको बारेमा सरोकारवाला पक्षसँग फागुन ६ गते इन्सेक लुम्बिनी प्रदेशको कार्यालयको आयोजनामा नेपालगञ्जमा छलफल गरिएको छ ।