bardiyahospital

मैत्रीपूर्ण फुटबल प्रतियोगिता कर्मचारीको टिम बिजयी 

Geruwa GIF

अमरराज लम्साल, गुलरिया । बर्दियामा राजनीतिक दलका नेता तथा कर्मचारीको भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको टिम विजय भएको छ । राष्ट्रिय युवा सङ्घको आयोजनामा भएको फुटबल प्रतियोगितामा कर्मचारीको टिम भएको हो । 

काठमाडौँमा फागुन ११ गते उद्‌घाटन हुन गरिरहेको केपी वली फुटबल कपको तेस्रो संस्करणको प्रचारप्रचार गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घले राजनीतिक दलका नेता तथा  कर्मचारीका बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको युवा सङ्घ बर्दियाका अध्यक्ष सञ्जय सापकोटाले बताउनु भयो ।  

cld

शनिबार बिहान बाँसगढी नगरपालिका – ४ मा रहेको लक्ष्मणपुरमा भएको मैत्रीपूर्ण खेल कर्मचारी टिमका तर्फबाट देवराज गिरी तथा शेरबहादुर खड्काले एक एक गोल गरेको थिए र भने दलका तर्फबाट करण थारूले एक गोल गरेका थिए । दुई गोल गरेसँगै कर्मचारीको टिम विजय भएको थियो । मैत्रीपूर्ण खेलमा विजेता भएको कर्मचारीको टिमलाई टिका लगाएर प्रमाणपत्र समेत प्रदान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।  

फूटबल प्रतियोगितामा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बासगढी नगरपालिका नगरप्रमुख खड्क बहादुर खड्का, नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारी लगायत नेताहरूको सहभागिता रहेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.