

प्रकाश पौडेल गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जले सर्वसाधारणका लागि निकुञ्ज खुला गरेको छ । मध्यवर्ती क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक पर्ने खरखडाईका लागि निकुञ्ज खुला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
निकुञ्जको अनुमति बिना प्रायः प्रवेश पाइदैन् । तर निकुञ्जले प्रत्येक वर्ष खरखडाईका लागि निकुञ्ज खुला गर्ने गरिन्छ । जसले गर्दा निकुञ्ज आसपासका धेरै स्थानीय बासीले निकुञ्ज तोके अनुसारको आफूलाई आवश्यक पर्ने सामानहरू ल्याउने गर्छन् ।

निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भएको व्यवस्था अनुसार निकुञ्ज आसपासका बासिन्दालाई खरखडाईका लागि प्रवेश दिएको बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ अधिकृत सरोजमणी पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘वर्षेनी निकुञ्जले खरखडाईका लागि निकुञ्ज खुला गर्ने गरिएको छ । सोही अनुसार यस वर्ष खरखडाईका लागि फागुन ९ र १० गते निकुञ्ज खुला गरिएको छ । भने ८२ स्थानबाट निकुञ्ज प्रवेश लागि अनुमति दिएको छ । र सोही अनुसार सुरक्षा निकुञ्ज, नेपाली सेना, लगायतको जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।’
ठाकुरबाबा नगरपालिका –२ मुन्सिराम थारूले खरखडाईका लागि निकुञ्ज खुला गर्दा आफूलाई पर्ने घाँस, खर लगायतका सामाग्री ल्याउन सहज भएको बताउनु भयो । उहाँले भन्नुभयो , ‘ निकुञ्जले प्रत्येक वर्ष खरखडाईका लागि एक सय रुपैयाँ लिएर निकुञ्ज खुला गर्छ । वनमा खेर जाने खर, वनकस तथा झिना मसिना दाउरा ल्याउन पाइन्छ । जसले गर्दा धेरै सजिलो हुन्छ ।’
निकुञ्जले खरखडाईका लागि निकुञ्जले नियमको पालना गर्ने गरी १२ हजार भन्दा बढीलाई निकुञ्ज प्रवेशको अनुमति निकुञ्जको कार्यालयले जनाएको छ ।