bardiyahospital

बर्दियामा चक्कु प्रहारबाट एक व्यक्ति गम्भिर घाइते 

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बर्दियामा आइतबार राती एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । गुलरिया नगरपालिका –८ आशापुरका ५२ वर्षीय दिनदयाल कर्मीमाथि चक्कु प्रहार भएको हो । 

घरमा सुतिरहेको अवस्थामा कर्मीमाथि चक्कु प्रहार भएको थियो । चक्कु  प्रहारबाट घाइते कुर्मीको स्वास्थ्य अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले बताए । उनले भने, ‘ गए राति करिब १ बजे कर्मीमाथि चक्कु प्रहार भएको रहेछ । सूचना पाउने बितीकै चक्कु प्रहार भएको घटनाको विषयमा खोज अनुसन्धान भइरहेको छ ।’

cld

घाइते भएको कुर्मीको स्वास्थ्य उपचार मेडिकल कजेल कोहलपुरमा भइरहेको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.