bardiyahospital

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण गरिएको छ । बारबर्दिया नगरपालिकाका – १ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र तथा गेरुवा गाउँपालिकाको – ५ मा रहेको  पशुपतिनगर स्वास्थ्य चौकीमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण गरिएको  हो । 

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्रको साझेदारीमा निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन  पालिकालाई हस्तान्तरण गरिएको हो । 

cld

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अन्तर्राष्ट्रिय स्तरबाट आउने सहयोगले समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले भवन केवल यस स्थानीय तहका जनताका लागि मात्रै नभएर अन्य स्थानीय तहका किशोरकिशोरीहरूले पनि यस संस्थाबाट प्रदान गरिएका सेवाहरूको फाइदा लिन सक्नेछन् र यसका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले किशोर किशोरी मैत्री सेवाहरू २०७७ को स्वास्थ्य नियमानुसार आधारभूत आवश्यकता भएको र किशोर किशोरी मैत्री सेवाहरू सुनिश्चित गर्नका लागि किशोरकिशोरी मैत्री स्वास्थ्यकर्मी, किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था र प्रत्येक कार्यक्रममा किशोरकिशोरीहरूको संलग्नता र सहभागितामा ध्यान दिनुपर्ने बताउनु भयो ।  उहाँले नेपालको जनसङ्ख्याको २० प्रतिशत किशोरकिशोरीहरू रहेको र नेपाल बालविवाह गर्नमा एसियाको १६ औ स्थानमा भएको बताउनु भयो । 

प्लान इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक राम किसनले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन केवल निर्माणका लागि मात्र नभई सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्वास्थ्य संस्थामा उपलब्ध सेवाहरूको उपयोग भएको बताउँदै त्यसको दिगोपनका लागि स्वास्थ्य विभागको सहयोग आवश्यक रहेको समेत धारणा व्यक्त गर्नुभयो । 

यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई प्रवर्द्धन गर्नु र किशोरकिशोरीहरूको समग्र जीवनशैलीमा सुधार ल्याउन किशोरकिशोरीको परिवार र समुदायको ज्ञान, धारणा र व्यवहारमा सुधार ल्याउने र स्थानीय तहमा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सेवाको प्रावधानमा सुदृढीकरण गर्ने उद्देश्य लिएको परियोजनाका संयोजक सुरज अर्यालले  बताउनुभयो  । उहाँले परियोजनाले अपर्याप्त ठाउँ र पूर्वाधारका कारण स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएकोले यसलाई सम्बोधन गर्न, परियोजना अवधि भरिमा ६ वटा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा भवन र १३ वटा लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण गरी सहयोग  गर्ने जानकारी दिनुभयो । 

बारबर्दियाका प्रमुख छविलाल थारूउपप्रमुख रत्नाकुमारी पाण्डे.  वडा अध्यक्ष  तथा गेरुवा गाउँपालिकामा पालिका वडा अध्यक्ष लगायत लुम्बिनी प्रदेशकी स्वास्थ्य मन्त्रालयको  स्वास्थ्य सचिव श्री दुर्गालक्ष्मी श्रेष्ठ,  स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख  नारायण प्रसाद चौधरी,  प्लान इनटरनेशनल नेपालका राष्टिय निर्देशक राम किसन, प्लान इनटरनेशनल नेपाल पश्चिम क्षेत्रीय कार्यालयकी क्षेत्रीय प्रबन्धक मीना पराजुली  राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, प्लान इनटरनेशनल नेपाल र साझेदार संस्थाहरूको प्रमुख र प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

भवनबाट विशेष गरि बारबर्दिया नगरपालिकाको वडा नम्बर १, २ र ३ र गेरुवा गाउँपालिकाको वडा नम्बर ४ र ५ का किशोरकिशोरीहरूलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ भने बारबर्दिया नगरपालिकाको पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्रमा कुल ४७ लाख ९१ हजार ६६० र गेरुवा गाउँपालिकाको पशुपतिनगर स्वास्थ्य चौकीमा कुल ५० लाख ४१ हजार ३८१ रूपैयाँ लागतमा सो भवनहरुको निर्माण सम्पन्न भएको थियो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.