Krishnasar_Dubble Ad
Barista_Training

राजावादीहरुको आन्दोलनको कमाण्डर बने दुर्गा प्रसाईं

Geruwa GIF

काठमाडौं । शुक्रबार राजधानीमा हुने भनिएको राजावादीहरुको आन्दोलनको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।

Basgadhi PSA_final

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक नवराज सुवेदीले जानकारी दिनुभयाे ।

सो समूहलाई प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान तोकेको छ । प्रसाईं नेतृत्वमा हुने जनप्रदर्शनको अपनत्व संयुक्त जनआन्दोलन समितिले लिएको संयोजक सुवेदीले बताउनु भयाे।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक सुवेदीले डा। धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी पनि दिनुभयाे ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page