bardiyahospital

बगर खेतीमा बढ्दो आकर्षण 

बर्दियामा ४७ विद्यामा बगर खेती हुन्छ

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा पछिल्लो समयमा बगर खेतीबाट स्थानीय राम्रो आम्दानी गर्न थालेका छन् । बबई तथा भादा नदी किनारमा स्थानीयले बगर खेती गरी राम्रो आम्दानी गर्न थालेका हुन । 

बगर खेतीबाट राम्रो आम्दानी हुन थालेपछी बगर खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । गुलरिया नगरपालिकाको बालापुर, रत्नापुर, सितापुर,  बगहीमा बारबर्दिया नगरपालिकाको जब्दी, ठाकुरबाबा नगरपालिकाको अम्बासा र ओरही खोलामा  र राजापुरको बुढी खोला मझरा र कर्णालीमा बगर खेती हुने गरेको छ । किसानले बगरमा काक्रो, लौका, फर्सी , खरबुजा, तरबुजा, टमाटर लगायत बेमौसमी तरकारी तथा फलफूल उत्पादन सुरु गरेका छन् । 

cld

गुलरिया नगरपालिका –४ बगही अनिता चौधरीले ८ कठ्ठामा गरेको बगर खेतीले उत्पादन दिन थालेको छ । उनको बारीमा अहिले तरबुजा लौका फर्सी काक्रा तयार भएको छ । विगत ५ वर्षदेखि बगर खेती गर्दै आएकी चौधरीले बगर खेतीबाट राम्रै आम्दानी भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बगर खेतीले आत्मनिर्भर हुन सिकायो । उत्पादन भएका तरकारी सजिलै बिक्रीवितरण हुने भएकोले बगर खेतीबाट सन्तुष्ट छु । बगर खेतीबाट मात्र करिब एक लाख आम्दानी हुने गरेको छ ’

त्यसैगरी गुलरिया नगरपालिका –१२, भैसाही गाउँका रञ्जित कुमार थारूले  बगर खेती बारेमा ज्ञान सीप खेती गर्ने तरिका थाहा भएपनि आफूसँग खेती गर्ने लगानी नहुदाँ बगर खेती गर्न नसकेको बताउनु हुन्छ । ‘बगर खेतीबाट राम्रो हुन्छ । आगामी दिनमा स्रोतको व्यवस्थापन गरेर भएपनि बगर खेती गर्ने सोचमा छु । बगर खेतीलाई युवालाई जोड्न सकियो भने रोजगारीको खोजीमा बिदेश धाउनुपर्दैन देशमा  बसेर पैसा कमाउन सकिन्छ । सरकारले पनि बगर खेतीलाई प्रोत्साहन गरेर युवालाई देशमा काम गर्ने वातावरण सृजना गर्नुपर्छ ।’ उहाँ भन्नुहुन्छ ।

भारतबाट आएका खानलाई देखेर धेरैले बगर खेती गर्न सिके 

बर्दियाको गुलरियामा आएर पहिलो पटक बगर खेती गर्ने व्यक्ति हनिफ खान हुन । उनी भारतको उत्तरप्रदेशबाट आएर बगर खेती सुरु गरेका हुुन ।  प्रत्येक वर्ष आएर बगर खेती गर्छन् । 

खानले गुलरिया नगरपालिकासँग करिब ६ विद्या जग्गा भाडामा लिएर बगर खेती गर्न थालेको पनि १५ वर्ष भयो । उनले बगरमा समेत खेती गर्न सकिन्छ, भनेर स्थानीयलाई सिकाए । भने उनै हनिफलाई देखेर केही स्थानीयले बगर खेती समेत गर्न थाले । बगर खेतीबाट पनि फाइदा हुन्छ भन्ने ज्ञान र सीप हस्तातरण गरेका छन् ।  

नेपालमा सम्भावना र अवसर छैन् विदेश पलायन हुनेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । तर भारतबाट आएर खेती गरेका खानले बगर खेती गरेर वर्षेनी १० देखि १२ लाख कमाउँछनु हुन्छ र आफ्नो देश फकिनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘ बगर खेतीमा खेती गर्दा पानीको समस्या पर्दैन भने, बगर खेतीबाट राम्रो  उत्पादन हुन्छ । तरकारी बाली बेच्न खासै समस्या छैन्, व्यापारीहरु तरकारी किन्न आउँछन् । स्थानीय र नजिकको जिल्लाबाट समेत व्यापारी आएर उत्पादन भएका तरकारी किनेर लैजान्छन् ।’

खानसँग काम सिकेर कयौँले बगर खेतीमा उत्पादन समेत गरेका छन् । बर्दियामा किसानलाई बगर खेती सिकाउने खान अहिले पनि बगर खेती गरिरहेको  छन् । 

बर्दियामा ४७ विद्यामा बगर खेती हुन्छ

बर्दियामा ४७ विद्या जग्गामा बगर खेती हुने गरेको छ । एकीकृत कृषी तथा पशुपक्षी विकास कार्यालयको अनुसार बर्दियामा ४७ विद्या जग्गामा बगर खेती हुने गरेको छ ।

गुलरियामा नगरपालिकामा ३० विद्यामा, बारबर्दियामा नगरपालिकामा ४ विद्यामा, ठाकुरबाबा नगरपालिका १० बिद्यामा र राजापुर नगरपालिका ३ विद्यामा बगर खेती भइरहेको एकीकृत कृषी तथा पशुपक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले बताउनु भयो । कार्यालय बगर खेती गर्नका लागि  विगतका वर्षमा किसानलाई तालिम तथा सिचाँइ सामाग्री बितरण गरेको छ । बगरमा उत्पादन हुने लहरे बालीमा कुनै समस्या देखिएमा प्राविधिक सहयोग समेत गरिएको जानकारी दिनुभयो । 

बगर खेतीबाट राम्रो आम्दानी हुने भएकोले बगर खेतीमा किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख ढकालले जानकारी दिए । उहाँले भन्नुभयो, ‘ बगर खेतीबाट उत्पादन भएको तरकारी बाली बेच्नका बजार अभाव नभएकोले बगर खेतीले किसानलाई फाइदा पुगेको छ ।’ भने भादा नदीको उत्तरी क्षेत्र र मान खोला र अन्य खोलामा पनि बगर खेतीको सम्भावना रहेको बताउनु भयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.