
दलबहादुर सुनार,गुलरिया । नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दियाको अध्यक्षमा भुपेन्द्र सेरला सर्वसम्मतले निर्वाचित भएका छन् । समाजको सातौं जिल्ला अधिवेशनले सेरलाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।

बिहीबार बर्दियाको गुलरियामा सम्पन्न अधिवेशनको उद्घाटन प्रमुख अतिथी एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य, नेपाल सरकारका पूर्व राज्य मन्त्री तथा समाजका पूर्व अध्यक्ष जीतु गौतमले दीप प्रज्वलन गरी गर्नुभएको थियो।
अधिवेशनले महिला उपाध्यक्षमा बिबा बी.क., उपाध्यक्षमा बिर्खबहादुर दमाई, सचिवमा कुलबहादुर विश्वकर्मा, कोषाध्यक्षमा गुमबहादुर परियार, उप–सचिवमा जानुका कुमारी हताङ र जनु कुमारी बी.क.लाई चयन गरेको छ। त्यसैगरी सदस्यहरूमा लालबहादुर सुनार, रत्ना कुमारी सुनार, हर्क बी.के., कृष्णबहादुर विश्वकर्मा, कबिराम बी.क., परे चुनारा लगायत रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी गौतमले समाजमा भएका जातिय शोषण दमन र उत्पीडनका मुद्दालाई उजागर गर्दै त्यसको विरुद्धमा लड्नु पर्ने बताउनु भएको छ । उहाँले पार्टीका नेताले के भन्छन् भनेर आफ्ना मुद्दालाई ओझेलमा पार्न नहुने बताउनु भयो ।

जिल्ला विकास समिति बर्दियाको सभाहलमा भव्य रूपमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि जीतु गौतमसँगै नेकपा एमालेका केन्द्रीय सदस्य तथा बर्दिया इन्चार्ज लक्ष्मणराज ज्ञवाली, संघीय सांसद शोभा ज्ञवाली, मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष नन्द विश्वकर्मा, एमाले लुम्बिनी प्रदेश उप–सचिव लिला राना, एमाले बर्दिया जिल्ला कमिटी अध्यक्ष सालिकराम अधिकारी, समाजका केन्द्रीय सदस्य ठाकुर लुहागन, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कृष्ण विश्वकर्मा, ओम नेपाली लगायतले सम्मेलनको सफलताको शुभकामना मन्तव्य राखेका थिए।
अधिवेशनमा सहभागीहरूले जातिय हिंसाको विरुद्धमा एक जुट भई लड्ने सामुहिक प्रतिवद्धता जनाएका छन् । अधिवेशनको अध्यक्षता भुपेन्द्र सेरलाले गरेका थिए भने सञ्चालन कुलबहादुर विश्वकर्माले गरेका थिए। कार्यक्रमको स्वागत बिर्खबहादुर दमाईले गरेका थिए।


