न्याय पाउने आशा मर्दै गएपछि बेपत्ता परिवारले धमाध दाहसंस्कार गर्न थाले
चैत्र महिनामा मात्र चार जना बेपत्ताको दाहसंस्कार

प्रकाश पौडेल, गुलरिया । बेपत्ता परिएको व्यक्तिको अवस्था सार्वजनिक नभएपछि बेपत्ता परिवारले दाहसंस्कार गर्न थालेको छन् । सशस्त्र द्वन्द्वको समयमा राज्य तथा बिद्रोही पक्षले बेपत्ता पारेको व्यक्तिको अवस्था सार्वजनिक हुन नसकेपछि बेपत्ता परिवारले दाहसंस्कार गर्न थालेका हुन ।
दुई दशक भन्दा बढी हुँदा समेत बेपत्ताको अवस्था सार्वजनिक गर्न चासो नदेखाएपछि पीडित परिवार दाहसंस्कार गर्न थालेका हुन । बेपत्ता अवस्था सार्वजनिक नहुँदा बेपत्ता परिवारले सामाजिक, आर्थिक, कानुनी र सांस्कृतिक समस्या भोग्दै आएका छन् । तत्कालीन राज्य पक्ष तथा विद्रोही पक्षले पटक पटक सरकार सञ्चालन गरेका छन् । बेपत्ता पारिनु मानव अधिकारको गम्भीर उल्लङ्घनको काम गर्न भने खासै चासो देखाएको छैनन् ।

जसले गर्दा बेपत्ता परिवारलाई राज्यले पिडा माथी पीडा दिएको छ । भने पीडित परिवारले पनि राज्यले समय बेपत्ता अवस्था सार्वजनिक नगरिदिएको भन्दै धमाधम दाहसंस्कार गर्न थालेका छन् । सोही अनुसार शसस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका ३८ वर्षीय रामदास थारूको २३ वर्षपछि चैत्र २७ थारू परम्परा अनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
थारूलाई सेनाले २०५८ साल चैत्र २६ गते इलाका हुलाक कार्यालय भुरिगाउँमा काम गरिरहेको अवस्थामा तत्कालीन शाही नेपाली सेनाले कुटपिट गर्दै गाडीका हालेर लगेको थियो । सेनाले बेपत्ता पारेको थारूको अवस्था सार्वजनिक हुन नसकेपछि परिवारले दाहसंस्कार गरिएको हो ।
त्यसैगरी बारबर्दिया नगरपालिका – ७ सोनपुरका टेटराम थारूको चैत २० गते थारू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । टेटरामलाई ०५९ साउन २४ गते घरमा सुतिरहेको अवस्थामा रम्मापुरबाट आएको नेपाली सेनाले लगेर बेपत्ता पारेको थियो ।
सेनाले बेपत्ता पारेका टेटरामको अवस्था सार्वजनिक हुन नसक्दा नहुँदा बेपत्ता परिवारले सामाजिक, आर्थिक, कानुनी र सांस्कृतिक समस्या भोगेपछि २३ वर्ष पछि थारूको दाहसंस्कार गरिरहेको श्रीमती रामदुलारी थारूले बताउनु भयो ।
भने बारबर्दिया नगरपालिका – ७ का जंगु थारुको चैत्र १५ गते परिवारले थारु संस्कार अनुसार दाहसंस्कार गरेका थिए । बेपत्ता हरिप्रसाद थारूको चैत्र १२ गते थारू परम्परा अनुसार कुशको लास बनाएर अन्त्येष्टी गरिएको थियो ।
बेपत्ता व्यक्तिको श्रीमतीहरू शारीरिक रुपमा कमजोर बन्दै गएपछि श्रीमानको दाहसंस्कार गर्न थालेका हुन । बारबर्दिया– ७ सोनपुरमा २०५९ साउन २४ गते दुई जनालाई र २६ गते चार जनालाई गरी छ जनालाई रम्भापुर ब्यारेकबाट आएको तत्कालीन शाही नेपाली सेनाको टोलीले लगेको थियो । बेपत्ताहरूको अभिलेख इन्केलले संकलन गरेको थियो । भने बेपत्ता अवस्था सार्वजनिक हुन सकेको छैन्


