bardiyahospital

झोले

Geruwa GIF

                                                   झोले                                 राजेन्द्रप्रसाद धिताल

मेरो मस्तिष्कमा
cld
उदाएसगै चेतनाको
कलिलो घाम
मैले स्मृति सङ्गाल्न थालेदेखि
झोला बोक्न थालेको छु
केही थान किताब ,कापी र कलम
झोलाभरि बोकेर
म स्कुल गएको छु
ज्ञानको जुनकीरी समात्न दौडेको छु
हिलाम्मे सडकमा
चप्पल बोकेर हातमा
साउनको बर्षामा
हुलका हुल गाईभैसीको बथानसगै
एक थान बर्सादी र दिउसोको खाजा राखेको
झोला बोकेर म
भागाबाडीको चौरभरि डुलेको छु
र जिन्दगीको इन्द्रेणी भोगेको छु
मेरो अग्रज पुस्ता
डोको बोकेर राजापुरबाट
चिसापानी हुँदै कर्णालीको छालैछाल
जुम्ला/ हुम्ला पुग्थ्यो
डोकोभरि नून बोक्थ्यो/ सुन बोक्थ्यो
म बसेको तराईको फाटमा
मेरा आदिवासी अग्रजहरु
छाला जाने गरी काधमा
जमिनदारका भारी बोक्थे
मैले यो सबै दृश्य देखेको छु
निरङकुश सत्ताले
युगौयुगदेखि थाप्लोमा थोपरेको डोको
राजा ,रजौटा र जमिनदारहरुले
बलपूर्वक काधमा थोपरेको भारि
कति बोझिलो थियो
कति निर्मम थियो
कति क्रूर थियो
भोग्ने पुस्तालाई थाहा छ
त्यो बोझिलो क्रूरता विरुद्ध
निर्मम निरङ्कुश सत्ता विरुद्ध
वीर सहिदहरुले बलिदान दिए
केही सचेत अग्रजहरुले
डोको मिल्काए
भारी फाले
र संसारलाई सुन्दर बनाउन
नव युगको धून बजाउन
ज्ञान,विज्ञान ,कला,
साहित्य र दर्शनका
अनमोल पुस्तकका ठेली राखेर
गाउँ बस्ती छिचोले
झोला बोकेर
देश ,समाज र मानवताका लागि
जसले आफ्नो सबथोक त्यागेर
झोला बोके
अहिले पनि म तिनलाई प्रेम गर्दछु
किनभने
कलिलो यौवनको वयसगै
क्रान्तिको गीत गाउने
म एक झोले हु।
online dubble sclaed
Leave A Reply

Your email address will not be published.