bardiyahospital

बर्दियामा ५८.७५ प्रतिशत धान रोपाइँको काम सकियो

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा  ५८.७५ प्रतिशत धान रोपाइँको काम सकिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ ।  

धान उत्पादनको दृष्टिकोणले बर्दियाको माटो उर्वर मानिन्छ । धान खाद्यान्न बाली भएकोले पनि उहाँका अधिकांशले किसानले धान खेती गर्दै आएको छ । हालसम्म बर्दियामा ५८।७५ प्रतिशत धान रोप्ने काम सकिएको छ । भने अझै पनि ४१.२५ प्रतिशत धान रोपाइँको काम बाँकी रहेको छ ।  

cld

बर्दियामा ५०  हजार  १ सय ५० हेक्टरमा धान खेती हुने गरेको छ । जसमध्ये २९ हजार ४ सय ३३ हेक्टरमा धान खेती भइसकेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकालले बताउनु भयो । उहाँले भन्नुभयो ,‘ बर्दियामा प्रतिहेक्टर ४.७ मेट्रिकटनको धान उत्पादन हुन्छ । धान उत्पादन दृष्टिकोणले बर्दिया उपयुक्त मानिन्छ । अहिलेसम्म राजापुर ७० प्रतिशत,  गेरुवा ६५ प्रतिशत ,बाँसगढी ६० प्रतिशत, ठाकुरबाबा ६० प्रतिशत,  बढैयाताल ५५ प्रतिशत, मधुवन ६० प्रतिशत,  बारवर्दिया ६० प्रतिशत र गुलरिया ६० प्रतिशत जग्गामा धान रोप्ने काम भइसकेको छ ।’

मौसम पूर्वानुमान महाशाखाले अनुमान गरे अनुसार वर्षा नभएकोले धान रोप्नका  लागि पानी अभाव भएको हुँदा पनि धान रोप्ने काम नसकिएको प्रमुख ढकालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ कतिपय ठाउँमा खेत रोप्ने मानिस नपाएको पनिधान रोपाइँको काम ढिलो भएको छ ।’ 

गेरुवा गाउँपालिका, ४ का ४७वर्षीय किसान सिताराम थारूले  यस वर्ष धान रोप्नका मान्छे नपाएको बताउनु भयो  । उहाँले भन्नुभयो, ‘ एकतिर मान्छे नपाउने समस्या छ । भने अर्कोतिर सरकारले आवश्यकता अनुसार मल नपठाउँदा समस्या भएको छ । खेतमा  मल नहाल्दा उत्पादन कम हुन्छ । त्यसकारण सरकारले समयमा मलको व्यवस्थापन गरिदिनु पर्छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.