bardiyahospital

जिन्दगी बचाउनु नै हाम्रो धर्म हो – बालरोग विशेषज्ञ डाक्टर शाह

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया अस्पताल गुलरियामा सर्पको टोकाइबाट मर्नु र बाँच्नु अवस्थामा रहेकी नौ महिनाकी बालिका बाँच्न सफल भएको छिन् । अस्पतालका बालरोग विशेषज्ञ डाक्टर विश्वनाथ शाहले सर्पको टोकाइबाट मर्नु र बाच्नु अवस्थामा रहेकी नौ महिनाको बालिका बचाउन सफल हुनु भएको हो । 

पछिल्लो समयमा अस्पतालमा विशेषज्ञ डाक्टरको सङ्ख्या बढेपनि सोही अनुसार आवश्यक पर्ने स्रोत साधन राज्यबाट व्यवस्था नहुँदा अस्पतालमा स्रोत साधनको अभाव रहेको छ । तर अस्पतालमा भएको सीमित स्रोत साधनको प्रयोग गरी बालरोग विशेषज्ञ डाक्टर शाह र बालिकाको उपचारमा जोडिनु भएको अन्य स्वास्थ्यकर्मीको टिमको दिनरातको मेहनतले बालिका बाँच्न सफल भएको पाइएको छ ।

cld

असार २५ गते मधुवन नगरपालिका, ८ की  नौ महिनाकी सिर्जना सुनारको स्वास्थ्य अवस्था अत्याधिक गम्भीर भएपछि अस्पताल ल्याइएको थियो । बालिकालाई अस्पतालमा साँझ साढे छ बजे भर्ना गरिएको थियो । आमाबुवालाई छोरीलाई के भएको भन्ने थाहा थिएन । बालिका सानी हुँदा बालिकाले के भएको भनेर बताउन सक्ने अवस्था समेत थिएन ।  अभिभावकहरू आत्तिएका थिए । भने बालिकाको  स्वास्थ्य अवस्था गम्भीर  थियो । अभिभावकसँग  रुनु बाहेक कुनै विकल्प थिएन । त्यहीँ सोचेर बालिकाका अभिभावक रोइरहेको थिए ।  अभिभावकको आशा भनेको अस्पताल र बालिकाको उपचारमा जोडिएको डाक्टर माथि थियो । 

जब बालरोग विशेषज्ञ डाक्टर शाहले बालिकाको स्वास्थ्य परिक्षण गर्नु भयो । तब बालिकालाई सर्पले टोकेको छ भन्ने पहिचान भयो । त्यती बेलासम्म बालिका श्वास फेर्न नसक्ने अवस्थामा पुगेकी थिइन् ।  डाक्टर विश्वनाथ शाहले भन्नुभयो, ‘ बालिकालाई तुरुन्तै इन्टुबेट गरेर भेन्टिलेटर मा राखियो । हामीले उनलाई PICU सुविधा भएको केन्द्रमा रिफर गर्न सल्लाह  दियौँ तर परिवारसँग त्यसको लागि आवश्यक रकम थिएन ।आर्थिक अवस्था कमजोर हुँदा बालिकालाई थप उपचार गर्न बाहिर नसक्ने भनेपछि अभिभावकको सहमतिमा, बालिकालाई यहीँ उपचार सुरु गरेको थियो ।’

  ‘ सर्पदंश उपचार विशेषगरी नौ महिनाको शिशुमा अत्यन्तै जटिल हुन्छ । बालिकाको अवस्था धेरै गम्भीर थियो ।’ उहाँले भन्नुभयो, ‘ बालिकालाई १२ दिनसम्म भेन्टिलेटर मा राख्नु पर्यो । धेरैले आशा गुमाइसकेका थिए । तर हाम्रो टिमले हार मानेन । दिनरातको अथक प्रयासपछि, हामीले एक जीवन बचाउन सफल भएको छौ । ’ 

असार २५ गते भर्ना भएकी बालिकाको साउन ५ गते डिस्चार्ज भएको छ । बालिका अहिले स्वस्थ रहेकी छिन् ।बालिका घरमा परिवारको साथमा रहेकी छिन् । 

बालिकाको आमा लक्ष्मी सुनार पनि छोरीको ज्यान बचाँउन सफल भएकोमा अस्पताल र बालरोग विशेषज्ञ डाक्टर शाह र उहाँको टिमलाई धन्यवाद दिदै आभार प्रकट गर्नु भएको छ ।अहिले पनि उहाँको आँखाबाट आँसु बगिरहेको थियो ।तर यो आँसु पहिला जस्तै डर त्रास र चिन्ताको आँसु नभएर  खुसीको आँसुको थियो ।

आँखाबाट आँसु बगाउँदै उहाँले भन्नुभयो, ‘ डक्टर साहेब मेरो परिवारको लागि भगवान बनेर आउँनु भयो र मेरो छोरीलाई दोस्रो जीवन दिनुभयो । मैले छोरीलाई अस्पतालमा राख्दा छोरी के  हुन्छ होला भन्ने चिन्ताले रातदिन सताएको थियो । तर अस्पताल मेरो लागि मन्दिर डक्टर साहेब र अन्य सर मेडम मेरो लागि भगवान जस्तै हो । छोरीको चिन्ताले कयौँ रात निदाउन सकिन । अस्पताल आउन ढिला भएको भए सायद आज अर्कै परिस्थिति हुन्थ्यो होला । छोरी आज मेरो साथमा छिन् । यो अस्पताल र डक्टर साहेबको कारण नै हो ।’

बालिकालाई बचाउन सफल भएपछि डाक्टर शाह पनि भावुक हुँदै भन्नुभयो, ‘यो केवल उपचार मात्र थिएन । यसमा समर्पण, आशा, र टिमवर्कसँग जोडिएको कथा हो । हामी निरन्तर काम गरिरहेका छौं किनकि जिन्दगी बचाउनु नै हाम्रो धर्म हो ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.