bardiyahospital

बर्दियामा चार वर्षमा ३७ जना गर्भवती महिलाको मुत्यु

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा चार वर्षमा ३७ जना गर्भवती महिलाको मृत्यु भएको छ । चार वर्षमा गर्भवती अवस्था, प्रसव अवस्था र प्रसव अवस्थापछि ३७ जना महिलाको मृत्यु भएको हो ।

समयमा स्वास्थ्य संस्थामा लगेर उपचार गर्न नसक्दा, पोषिलो खानाको अभाव, पारिवारिक रेखदेखको अभावले ३७ जना गर्भवती महिलाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बर्दियाकी पब्लिक हेल्थ नर्स अधिकृत एवम् सूचना अधिकारी पदमा कुमारी श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ मा ६ जना, आर्थिक वर्ष २०८०/०८१ मा ६ जना, आर्थिक वर्ष २०७९/०८० मा १२ जना र आर्थिक वर्ष २०७८/०७९ मा १३ जना गर्भवती महिलाको मुत्यु भएको जानकारी दिनुभयो ।

cld

नेपालको संविधानमा धारा ३८ को उपधारा २ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । यसलाई कार्यान्वयन गर्नका लागि महिलाको सुरक्षित, मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्ति गर्नको लागि मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ, तथा पहुँच योग्य बनाउनका लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, २०७७ समेत जारी भएको छ । सरकारले मातृमृत्यु कम गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको भएपनि बर्दियामा सुत्केरी महिलाको मृत्यु रोकिएको छैन ।

पब्लिक हेल्थ नर्स अधिकृत एवम् सूचना अधिकारी श्रेष्ठले रक्तश्राव भएर, परिवारमा उपचार गराउने मान्छे नभएर, दीर्घ रोग भएका गर्भवती महिला, अस्पतालमा उपचार गर्न जाँदा धेरै पैसा लाग्छ भन्ने बुझाइ, भारतको सिमाना क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रमा पनि सुत्केरी हुने भएपछि सङ्क्रमण भएर समेत सुत्केरी महिलाको मृत्यु भएको बताउनु भयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.