bardiyahospital

प्रभावकारी बन्दै फिजियोथेरापी सेवा 

Geruwa GIF

कृष्णसार अनलाइन । ढाडको नशा च्यापिएर थेरापी गर्न आउनु भएकी बढैयाताल गाउँपालिका, ८ मुनालबस्तीकी मञ्जु गौतम हिँडडुल गर्न सक्ने हुनु भएको छ । पहिलो पटक थेरापी गर्न आउँदा गाडी चार जनाले बोकेर ल्याएर आउनु भएकी गौतम अहिले स्वस्थ र हिँडडुल गर्ने सक्ने हुनु भएको छ । 

उहाँको ढाड दुख्ने समस्या धेरै भएको थियो । उपचारका गर्नका लागि धेरै ठाउँमा जानु भयो । तर सन्चो भएन । फिजियोथेरापी गरेपछि सन्चो हुने भन्ने सुनेपछि थेरापी गर्न बर्दिया अस्पताल आएको गौतमले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पहिले अरुको सहायता हिँडडुल गर्नु पर्ने अवस्था रहेको थियो । अहिले आफै हिड्‌न सक्ने भएकी छु । थेरापी गरेपछि यसरी स्वास्थ्यमा सुधार आएको छ । साँच्चिकै थेपारी विधि ढाड च्यापिएका लागि प्रभावकारी रहेछ ।’

cld

गौतम जस्तै बढैयाताल ९ की ३५ वर्षीय शिला चौधरीको गर्धन दुख्ने समस्या थियो ।  अस्पतालमा आएर थेरापी गर्न थालेपछी सन्चो  भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पहिले गर्धन दुखेर घाटी चलाउन मिल्दैन् थियो । तर अहिले धेरै सुधार भएको छ । अहिले पनि नियमित थेरापी गर्नका लागि आइरहेकी छु ।’

बर्दिया अस्पतालमा रहेको थेरापी कक्षको वरिपरि दैनिक जस्तो २५/३० जनाको भिड हुन्छ । त्यो भिड थेरापी गर्न आउनेहरूको हो । त्यहाँ विभिन्न उमेर समूहका मानिसहरू हुन्छन् । कसैको नशा च्यापिएर आएका, भने केही हातखुट्टा भाँचिएर ठीक भएर थेरापी गर्न आएकाहरु हुन्छन् ।  

बर्दिया अस्पतालका फिजियोथेरापिस्ट युवराज अधिकारीले ढाड, कम्मर, घुँडा, पैतला, जोर्नीहरूको दुखाई नशा च्यापिएको हड्डी खियको, लिगामेन्ट च्यातिएको लगाएका समस्या भएर आएर आएका बिरामीको उपचार गर्ने गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतिपय रोग औषधी लागेपछि औषधी खाएर मात्र हुँदैन ।  औषधि नखाई व्यायाम वा अन्य विधिबाट पनि उपचार गर्न सकिन्छ ।  व्यायाम वा विद्युतीय उपकरणका माध्यमबाट गरिने उपचार पद्धति नै फिजियोथेरापी हो । यो थेरापी बालबालिकादेखि वृद्धवृद्धा सबै समूहका व्यक्तिहरूका लागि फिजियोथेरापी प्रभावकारी रहेको छ ।’

बर्दियामा अस्पतालले थेरापी सेवा सुरु गरेसँगै कतिपय बिरामीहरू थेरापी गर्नका लागि बाहिर जानुपर्ने बाध्यताको  समेत अन्त्य भएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.