bardiyahospital

बाल सुलभ प्रश्नको जवाफ : मनोसामाजिक शिक्षाको सुरुवात

Geruwa GIF

डाक्टर  विजय ज्ञवाली । मानवीय भावना अनुभुति सबैले गर्छन् । चाहे बालक चाहे बयस्क सबैमा संवेदनशीलता हुन्छ । अनुभुति, स्पर्श ,ग्रहण गर्ने शैली ,अभिव्यक्ति जस्ता विषयवस्तु बाल बालिकाको हकमा पनि महत्वपूर्ण हुन्छ । जन्मजात आउने यि विषय उमेरसँगै परिपक्क र बिकसित हुन्छन । साधारण रुपमा हामी बाल मनोविज्ञानको समस्या भनेको उसको वृद्धि र विकाससित मात्र सम्बन्धित हुन्छ भने सोच्छौँ । तर बालबालिकालाई पनि डिप्रेसन तनाव जस्ता समस्या हुन सक्छ । तसर्थ उनीहरूलाई पनि मनोवैज्ञानिक शिक्षाको आवश्यक पर्छ ।

मेरो साथीको छोरा सित एउटा स्वभाव छ । उसको आमाले अरु केटा केटीसित बोलेको काखमा लिएको उ मन पराउँदैन र रुन्छ । यसको अर्थ हो उ असुरक्षित महसुस गर्छ । मेरी आमा सधैँ मेरी मात्र हुन भन्ने ठान्छ । यो एउटा स्वाभाभिक अभिव्यक्तिको उदाहरण हो । मलाई लाग्छ उ बिस्तारै कुरा बुझ्दै जानेछ । उसले बुझ्ने प्रकृयामा हामी सहयोगी हुनु जरुरी छ ।अर्को एउटा घटनामा अर्को ६ वर्षे बालक भन्छ ।

cld

जब जब घरमा पैसाको कुरा निस्किन्छ । बुवा आमाको झगडा हुन्छ । ६ वर्षको उमेरमा उसले झगडा बुझ्ने मात्र होइन झगडाको कारण पनि व्याख्या गर्न सक्छ । उ झगडा बुझ्ने मात्र होइन कारण समेत विश्लेषण गर्न सक्छ । माथिको घटना मैले बाल मस्तिष्कको कृयाकलाप बुझाउन प्रस्तुत गरे । बाल्य मनोविज्ञान कुरा बुझ्न मात्र होइन प्रसङ्गलाई आफ्नो क्षमता अनुसार संश्लेषण गर्न व्याख्या गर्न पनि सक्ने हुन्छ । यसको अतिरिक्त माया घृणा रिस इष्या सबै प्रकारको अनुभुति गर्न योग्य हुन्छ ।

मानसिक रुपमा स्वस्थ बालबालिका भनेका भविष्यका आधार स्तम्भ हुन । यसले उनीहरूको स्वास्थ्य जीवन र जीवन शैलीको पथ प्रवर्तकको भूमिका खेल्छ । बालबालिका दुःख सुख रिस इष्या जस्ता कुरा अनुभुति गर्न सक्छन् । उनीहरु दुखी हुनु रुनु रिसाउनु ईर्ष्यालु हुनु सधैँ नकारात्मक हुँदैन । यो सामान्य मानवीय अनुभूतिको दर्पण हो । यस्ता व्यवहार प्रकटले उनीहरूको जीवन ज्ञान बढेर जान्छ । अनुकुल र प्रतिकुल अवस्थाको अनुभुतिले मानसिक लचकताको विकास गर्न सहयोग मिल्छ ।

जुन उनीहरूको जीवन भोगाइ र सिकाइ हुन्छ । तर यसरी उनीहरूले प्रकट गर्ने संवेदनाहरूलाई हामीले उचित र आवश्यकता अनुसार सम्बोधन गर्न जरुरी छ । उनीहरू जिज्ञासु हुन्छन । तर कहिलेकाँही जिज्ञासा प्रश्नको रुपमा नभएर व्यवहारको रुपमा पनि प्रस्फुटन हुन सक्छ । व्यवहारको रुपमा त्यो प्रकट रिस, खुसी, इस्र्याको रुपमा त्यो प्रकट हुन सक्छ । तसर्थ त्यसको सम्बोधन हुनु जरुरी छ ।

बालबालिकामा स्वस्थ्य मानसिक स्वास्थ्य भएको अवस्थामा त्यो विभिन्न स्वरूपमा परिवार ,स्कूल र समाजमा झल्किन्छ । र तपाइले दिने उसको किन ? को जवाफ नै उसको मनोवैज्ञानिक शिक्षाको सुरुवात हो । यस अर्थमा बालबालिका पहिलो गुरु उसका माता पिता नै हुन् । उ पटक पटक प्रस्न गर्छ बाबा किन ? मामु किन ? तपाई उसको जिज्ञासा मेट्न तयार हुनु नै पर्छ ।

लेखकः– मनोविज्ञ तथा थेरापिस्ट हुनुहुन्छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.