bardiyahospital

दुग्ध वितरण आयोजनाले समयमा भुक्तानी नदिदाँ किसान मर्कामा

Geruwa GIF

कृष्णसार अनलाइन । नेपालगञ्ज दुग्ध वितरण आयोजना बाँकेले समयमा दूधको पैसा नदिदाँ बाँके र बर्दियामा किसान मर्कामा परेका छन् । आयोजनाले विगत ८ महिनादेखि किसानलेउत्पादन गरेको दूधको पैसा नदिदाँ बाँके र बर्दियाका किसान मर्कामा परेका हुन । 

समयमा पैसा भुक्तानी हुनुपर्ने माग राख्दै बाँके, बर्दियाका अगुवा किसानले आयोजनालाई ज्ञापन पत्र बुझाएका हुन । यसरी विगत लामो समयदेखि आयोजनाले किसानको रकम रोक्दा किसानहरू मर्कामा परेको दुग्ध उत्पादन सहकारी सङ्घका केन्द्रिय सदस्य तथा आन्दोलनका संयोजक इन्द्र प्रसाद लुइँटेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ असार मसान्तमा भुक्तानी हुनुपर्ने रकम अहिलेसम्म भुक्तानी भएको छैन् । दूधको पैसा समयमा नआउँदा किसान समेत मर्कामा परेका छन् । आयोजनाले तत्काल दूधको पैसा भुक्तानी गरी गर्नुपर्छ । किसानले आफ्नो पसिना बगाएर कमाएको रकम माग्न राज्यसँग यसरी माग गर्नु आउनु पर्ने विषय दुःखद हो ।’

cld

बर्दिया जिल्ला दुग्ध उत्पादन सहकारी सङ्घका अध्यक्ष पवन कुमार यादवले केन्द्रिय सर्कुलर अनुसार किसानहरूले पाउनुपर्ने रकम आयोजना माग गरिएको बताउनु भयो । उहाँले भन्नुभयो,‘ दूध उत्पादन गर्न सजिलो छैन् । गाईभैँसीको हेरचाहदेखि गोठ सरसफाइ खानेकुरासम्म व्यवस्थापन गर्नुपर्छ । दिनरात मेहनत गरेर किसानले दूध उत्पादन गर्छन् । तर समयमा दूधको मूल्य नपाउनु दुःखद हो ।’

आयोजनाका प्रमुख दिलिप चौधरीले दुग्ध उत्पादन गर्ने किसानको मागको बारेमा केन्द्रसँग समन्वय र सहकार्य गरेर समस्या समाधान पहल गर्ने बताउनु भयो । उहाँले आयोजनाले किसानबाट दूध खरिद गरी बिक्रीवितरण पैसा केन्द्रको खातामा जम्मा हुने हुँदा यस्तो समस्या आएको जानकारी दिनुभयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.