bardiyahospital

चितुवाको आक्रमणबाट एकजना घाइते

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट एकजना घाइते हुनु भएको छ । चितुवाको आक्रमणबाट मधुवन नगरपालिका, १ बड्कीटडुवाका ५५ वर्षीय बाँधुराम चौधरी घाइते  हुनु भएको हो ।

चौधरी मधुवन नगरपालिका, १ मा रहेको  औरही  सामुदायिक वनमा बाख्रा चराउन गएका थिए । बाख्रा चराएर घर फर्किन लाग्दा दिउँसो ३ बजेको समयमा चितुवाले आक्रमण गरेको थियो । घटना लगतै चौधरीलाई उपचारका लागि बर्दिया अस्पताल गुलरिया ल्याइएको थियो ।

cld

चौधरीको निधार टाउको र हातमा चोट लागेको बर्दिया अस्पताल मेडिकल अधिकृत चन्द्रप्रकाश तिमिल्सिनाले बताउनु भयो । उहाँले भन्नुभयो,  ‘ घाइते भएर उपचारका लागि ल्याइएको चौधरी अहिले होसमा हुनुहुन्छ । शरीरबाट चौधरीको रगत धेरै बगेको हुँदा उहाँको स्वास्थ्य अवस्था चिन्ताजनक  रहेको छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.