bardiyahospital

पाकेको धान पल्टिएपछि किसानहरू निराश

Geruwa GIF

कृष्ण बहादुर विश्वकर्मा, गुलरिया । देशका विभिन्न क्षेत्रमा धान पाक्ने समय चलिरहेको छ । यतिखेर किसानहरू आफ्नो वर्षभरको मेहनतको फल काट्ने तयारीमा छन् । पछिल्लो दिन यता आएको तीव्र हावा, पानी र  असिना सहितको वर्षाका कारण धेरै स्थानमा धानका बाला भुइँमा पल्टिएका छन् । जसले गर्दा किसानहरूको मनमा निराशा छाएको छ । 

विशेष गरी तराईका बर्दिया, बाँके, कपिलवस्तु, रूपन्देही, कैलाली लगायतका धेरै ठाउँमा पानी तथा हावाले गर्दा खेतभरि धानका बोटहरू ढलेका छन् । कतिपय खेतमा पानी जमेकाले धान कुहिने थालेका छन् । धान पाक्ने अन्तिम चरणमा यस्तो प्राकृतिक विपत्तिले उत्पादनमा ३० प्रतिशत धान क्षति हुने देखिन्छ ।

cld

गुलरियाका किसान पतिराम थारुले वर्षभर मेहनत गरेर लगाएको धान अहिले भुइँमा ढलेको देख्दा मन रोइरहेको बताउनु भयो । उहाँले भन्नुभयो,  ‘खेतमा पानी छ, धान काट्न गाह्रो भएको छ । ढलेको धान कुहिएर नष्ट हुने थालेको छ । वर्षभरीको मेहनत नष्ट भयो । खेत लगाउँदाको लिएको ऋण तिर्न बाँकी छ ।’

धान नेपालको मुख्य अन्नबाली भएकाले यस किसिमको क्षतिले राष्ट्रिय खाद्य उत्पादनमा समेत असर पार्ने सम्भावना छ । वर्षभरको पसिना एकछिनको पानी  र हावाले ढालिदिएको  छ, भने किसानहरूको मन भारी भएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.