
प्रकाश पौडेल, गुलरिया । रगतको अभाव हुन नदिन ठाकुरबाबा नगरपालिकामा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । रगतको अभाव हुन नदिन मंगलबार पालिकाको आयोजनमा ठाकुरबाबा नगरपालिका, २ रानिपुर कर्भड हलमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो।
पछिल्लो समय बर्दियामा मृगौला रोग , सिकलसेल, थालसेमिया, रक्तअल्पता जस्ता रोगका बिरामी बढे सँगसँगै रगतको माग बढ्दै गएको छ । बर्दिया रगतको अभाव नहुन नदिन नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य समन्वय गरि रक्तदान कार्यक्रम आग्रह गर्दै आएको छ । रक्तदाता समाजको अगुवाई , पालिकाको आयोजना र पालिकाभित्र रहेका विभिन्न संघसंस्था सहकार्यमा पालिकामा रक्तदान कार्यक्रम हुँदै आएको छ ।

पालिकाले वार्षिक नीति तथा कार्यक्रममा नै रक्तदान कार्यक्रमलाई समावेश गरि वर्षमा ३ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ । बृहत् रक्तदान कार्यक्रममा ९४ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने मध्ये १३ जना महिलाले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदान समाजका केन्द्रिय सदस्यले प्रेमप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, रक्तदान कार्यक्रममा पालिका नगर प्रमुख र नगर उपप्रमुखले समेत रक्तदान गर्नु भएको छ ।’


