bardiyahospital

मध्यपश्चिम विश्वविद्यालयमा १० क्याम्पस प्रमुख नियुक्त, बबई बहुमुखी क्याम्पसमा जोशी 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले एकसाथ १० वटा आङ्गिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्को शनिबार बसेको बैठकले एकसाथ १० वटा  क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको हो ।

मध्यपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्को शनिबार बसेको बैठकको निर्णय नं. ४३७ एवम् विश्वविद्यालय सङ्गठन तथा शैक्षिक – प्रशासनिक नियमावली –२०६९ को ( आठौँ संसोधन ) को नियम १९७ को उपनियम ( २ ) बमोजिमका पदमा सोही नियमावलीको नियम १९७ उपनियम ( ३) अनुसारको पदावधि कायम हुने गरी क्याम्पस प्रमुख नियुक्त गरिएको उपकुलपति प्राध्यापक डाक्टर ध्रुव कुमार गौतमले जानकारी दिनुभयो । 

cld

विश्वविद्यालयले बबई बहुमुखी क्याम्पसका हरिप्रसाद जोशी, बागेश्वरी क्याम्पस कोहलपुर बाँकेका दानबहादुर हमाल, जलजला क्याम्पस रोल्पामा श्याम बुढामगर, नारायण क्याम्पस दैलेखमा नरबहादुर शाही, रारा क्याम्पस मुगुमा लालकेशर रोकाया नियुक्त हुनु भएको छ । 

त्यसैगरी भेरी क्याम्पस गुमी सुर्खेत तुलबहादुर राना, विद्यापुर जनता बहुमुखी क्याम्पस विद्यापुर सुर्खेतमा लक्ष्मी बयक, भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा चन्द्रबहादुर बुढा नियुक्त हुनु भएको छ । भने तिला कर्णाली क्याम्पस कालिकोटमा रुद्रप्रसाद सापकोटा, मुसीकोट खलङ्गा क्याम्पस रुकुम डम्मर खड्कालाई नियुक्त गरिएको । मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयले जनाएको छ ।

बबई बहुमुखी क्याम्पसमा जोशी 

बर्दियाको गुलरियामा रहेको बबई बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा हरिप्रसाद जोशी नियुक्त हुनु भएको छ । मध्यपश्चिम विश्वविद्यालयले आइतबार बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा हरिप्रसाद जोशी नियुक्त हुनु भएको हो ।

बबई बहुमुखी क्याम्पस बर्दियामा पहिलो क्याम्पस हो । भने जिल्लामा रहेको ११ वटा क्याम्पस मध्ये एक मात्र आङ्गिक क्याम्पस हो । शिक्षा, मानविकी, र व्यवस्थापन विषय पढाइ हुने क्याम्पसका बर्दियाका विभिन्न पालिका र छिमेकी जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेको छन् । 
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.