bardiyahospital

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाको आक्रमण परी बारबर्दिया नगरपालिका– ११ विजयनगरकी ५९ वर्षीया गोपी थारूको मृत्यु भएको हाे

घरनजिक रहेको काला बेलभार सामुदायिक वनमा स्याउला काट्न जाँदा चितुवाको आक्रमणबाट मृत्यु भएको बारबर्दिया नगरपालिका– ११ का वडाध्यक्ष विजय कुमार चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘वनमा घाँस काट्न गएकी गोपीको मृत्यु भएको छ।’ मृतकको साथमा गएका ३१ वर्षीया इन्दिरा थारू र २९ वर्षीया मनीषा दहित चितुवालाई देखेर भाग्ने क्रममा घाइते भएका छन्।

cld

घाइतेलाई स्वास्थ्य उपचारका लागि बारबर्दिया नगरपालिका– ६ जयनगरमा रहेको नगर अस्पताल जयनगर पठाइएको छ । बर्दियामा पछिल्लो समय सामुदायिक वनमा चितुवाको आक्रमण बढ्दै गएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.