
कृष्णसार अनलाइन । स्वर्गीय पति विवेक पंग्रेनीको सम्झनामा पत्नी सृजना सुवेदीले आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नु भएको छ । स्वर्गीय पति पंग्रेनीको सम्झनामा पत्नी सुवेदीले बढैयाताल वडा , ९ मा रहेका ४ वटा विद्यालयका करिब ६५ जना आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नु भएको हो ।
प्रेम विवाह गरेर जीवनयापन गरिरहेका विवेक उच्च शिक्षाका लागि अमेरिका गएको केही समयमा पछि विवेकलाई बेर्न ट्युमर भएको थाहा भएको थियो । बिरामी पतिको उपचार लागि सृजनाले लागि गरेको त्याग बलिदान र सङ्घर्षको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देश विदेशको मिडियामा विवेक र सृजनाको जोडीको चर्चा समेत भएको थियो । आदर्श प्रेम जोडीको सृजना विवेकको जोडी चर्चित थियो । धेरैले विवेकको स्वास्थ्य लाभको कामना गरे पनि उपचारको क्रममा विवेकको मृत्यु भएको थियो। विवेकको मृत्यु भएपछि सृजना नेपाल फर्किनु भएको थियो । सृजना अहिले बढैयाताल गाउँपालिकामा बस्दै आउनु भएको छ ।


स्वर्गीय पति विवेक पंग्रेनीको सम्झनामा विद्यालयमा अध्ययन गरिरहेका आर्थिक रूपमा विपन्न करिब ७० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको बढैयाताल गाउँपालिका वडा, ९ का वडा अध्यक्ष वीरबहादुर थारूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मुनालबस्तीमा रहेको जयकालिका माध्यामिक विद्यालय र टेशनपुरमा रहेको शिवशक्ति आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । भने मुक्त कमैया आधारभूत विद्यालय जनता नगर र शक्ति आधारभूत विधालय शक्ति नगरमा भोलि न्यानो लुगा वितरण गर्ने कार्यक्रम रहेको छ ।’



