bardiyahospital

 बर्दियामा तीन दल गरे, प्रतिनिधि सभाको उम्मेदवारको नाम सिफारि

Geruwa GIF

कृष्णसार अनलाइन । आगामी  फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावको लागि बर्दियामा तीन दलले उम्मेदवारको नाम सिफारिस गरेको छन् ।  फागुन २१ गते हुने  प्रतिनिधि सभाको चुनावको लागि नेकपा एमाले, नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारहरूको नाम सिफारिस गरेको  छन् । 

प्रतिनिधि सभा क्षेत्र नं. १ बाट नेकपा एमाले बर्दियाले शालिकराम अधिकारी, कपिल ज्ञवाली, सुरेश रेग्मी, सुष्मा चौधरी र गोविन्द्र थपलियाको नाम सिफारिस भएको पार्टी सचिव पदम ढकालले जानकारी दिनुभयो । त्यसैगरी क्षेत्र नं. २ बाट शर्मा थारू, पंकजसिंह राठोर, शिवमणि शर्मा, कुल प्रसाद पोख्रेल र विमला बिकको नाम सिफारिस गरेको एमाले जनाएको छ । 

cld

 नेपाली काँग्रेसले प्रतिनिधि सभा क्षेत्र नं. १ बाट सञ्जय कुमार गौतम, रत्ना थारू, महेन्द्रकुमार शर्मा र गंगाधर पौडेलको पौडेलको नाम सिफारिस गरेको मुक्तिनाथ यादवले बताउनु भयो । त्यसैगरी क्षेत्र नं. २ बाट काँग्रेसले किशोरसिंह राठोर, आर्जु राना देउवा, अरुणप्रकाश सिंह राठोर, जग्गा पाण्डे, मीनराज चौधरी, प्रशुराम चौधरी, मकर बहादुर सिजापति, विद्या खनाल, र दीपक भण्डारीको नाम सिफारिस गरेको नेपाली काँग्रेसले जनाएको छ । 

 नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा क्षेत्र नं. १ बाट  बामदेब गौतम, शक्तिबहादुर बस्नेत, सन्तकुमार थारू, बालकृष्ण खनाल, इन्दिरा सुवेदी र रेशम अधिकारीको नाम सिफारिस गरेको इन्चार्ज सन्तकुमार थारूले जानकारी दिनुभयो । भने क्षेत्र नं. २ बाट दुर्गा बहादुर थारू, लोकराज जैशी, सुरेश पन्त, चिन्तामणि आचार्य, बमबहादुर रावल, सञ्जय थारू र सीता कुमारी अर्यालको नाम सिफारिस गरेको  नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.