रेशम विरही चन्द
मधुवन ।
राष्ट्रियुवा संघ नेपाल मधुवन नगरकमिटीको संयोजकमा याम बहादुर घर्ती सर्वसम्मतले चयन हुनुभएको छ । युवा संघ नेपाल मधुवन नगरकमिटीको प्रथम नगर अधिवेशनले घर्तीको संयोजकत्वमा ३१ सदस्यिय नगरकमिटी गठन गरेको हो ।
नगरकमिटीको सहसंयोजकमा कल्पना ज्ञावली वली, सचिवमा मोहन राना, उपसचिवमा कर्ण तामाङ्ग, संगिता खत्री, सरोज कुमार नेपाली चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रमेश लामिछाने,महेश शर्मा, गणेश बुढा, उमेश कंडेल, जगत कसेरा, जिवन वली, होमनाथ ढुङ्गना, धनबहादु चन्द, हरी गौतम, उमेश वि.क. चयन हुनु भएको छ । त्यसैगरी राकेश घर्ति, चुन्का चौधरी ललित वि.क., दिपेश पाण्डे, विमल क्षेत्री, विशाल बोहोरा, अमर गुरुङ्ग, लक्ष्मण शाही, रविन सुनार, अनिल राना, सन्तोष सुवेदी, दिपेश रामजाली मगर, विशाल गुरुङ्ग र विवेक खड्का सदस्यमा चयन हुनु भएको छ ।
युवा संघ नगरकमिटीका संयोजक यामबहादुर घर्तीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन शत्रको प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्य सम्झना वि.क.हुनुहुन्थ्यो । त्यसैगरी विशेष अथिती अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सदस्य चन्द्र भण्डारी हुनुहुन्थ्यो । कार्यक्रममा प्रदेश सभा सदस्य कुलप्रसाद पोखरेल, नेकपा एमाले मधुवन नगरकमिटीका अध्यक्ष दुर्गावली, प्रदेश कमिटी सदस्य टंक वली लगाएतकाको उपस्थीती रहेको थियो ।