bardiyahospital

बर्दियाका स्थानीय तहमा करिब चार करोड रुपैयाँ इन्धनमा खर्च, बढी इन्धन प्रयोग गर्नेमा राजापुर

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा स्थानीय तहले एक वर्षमा तीन करोड पाँच लाख ९३ हजार ७४२ रुपैयाँको इन्धन प्रयोग गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनअनुसार बर्दियामा स्थानीय तहले एक वर्षमा तीन करोड पाँच लाख ९३ हजार ७४२ रुपैयाँको इन्धन प्रयोग गर्ने गरेको पाइएको हो । 

महालेखा परीक्षकको कार्यालय सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/८२ को प्रतिवेदनअनुसार सबैभन्दा बढी इन्धनमा खर्च गर्ने राजापुर नगरपालिका देखिएको छ । राजापुर नगरपालिकाले इन्धनमा ५६ लाख पाँच हजार रुपैयाँ खर्चको छ । त्यसैगरी दोस्रोमा गुलरिया नगरपालिका रहेको छ । गुलरिया नगरपालिकाले इन्धनमा ५० लाख ३६ हजार  रुपैयाँ खर्च गरेको छ भने तेस्रोमा गेरुवा गाउँपालिका रहेको छ । गेरुवाले ४९ लाख ७३ हजार १५६ रुपैयाँ खर्च गरेको छ । 

cld

मधुवन नगरपालिकाले इन्धनमा ४६ लाख ७ हजार रुपैयाँ, बाँसगढी नगरपालिकाले ३९ लाख ६४ हजार ५८५ रुपैयाँ, बढैयाताल गाउँपालिकाले २६ लाख २२ हजार ९८४ रुपैयाँ, बारबर्दिया नगरपालिकाले २० लाख ८५ हजार ३४३ रुपैयाँ खर्च  गरेको छ । सबैभन्दा कम इन्धनमा खर्च गर्ने पालिका  ठाकुरबाबा नगरपालिका रहेको छ । ठाकुरबाबाले १६ लाख ९९ हजार ६७४ रुपैयाँ खर्च गरेको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षणको प्रतिवेदनमा यस्ता खर्चलाई मितव्ययिता अपनाउन सुझाव दिएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.