प्रकाश पौडेल / गुलरिया । बर्दियामा टाइफाइड विरुद्दको खोप अभियान शुरु हुने भएको छ । चैत्र २३ देखि २८ गतेसम्म सञ्चालन हुने खोप अभियानमा जिल्लाका १५ महिनादेखि १५ बर्षसम्म मुनिका एक लाख २८ हजार बालबालिकाहरु सहभागी हुने छन् ।
खोप अभियान सञ्चालनका लागि जिल्लाभरी ३७८ वटा खोप केन्द्र राखिएको छ । जसमध्ये ३०३ वटा खोप केन्द्र विद्यालयमा र ७५ वटा खोप केन्द्र स्वास्थ्य संस्थामा राखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । उहाँले अभियानलाई सफल बनाउन छ सय ४४ जना स्वास्थ्यकर्मी र एकहजार २८९ जना शिक्षिका र स्यमसेविका परिचालन गरिने प्रमुख गिरीले बताउनु भयो ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक एंव सूचना अधिकारी कृष्णगोपाल चौधरीले ८० प्रतिशत बालबालिका विद्यालयमा भएकोले ३८९ मध्ये ३०३ वटा विद्यालयलाई खोप केन्द्र छनौट गरिएको हो । खोप केन्द्र छनौट गर्दा दुइसय जना विद्यार्थीलाई आधार बनाएर केन्द्र राखिएको बताउनु भयो ।