
नेत्रकुमार परियार, गुलरिया । विज्ञहरूका अनुसार विश्वले यो वर्ष इतिहासकै सबैभन्दा अधिक गर्मीको सामना गर्दैछ र हालको गर्मीको अवस्था निम्त्याउने पनि मानव क्रियाकलापकै एक देन हो भनिन्छ विद्यालय भनेको ज्ञानको एक भण्डारण भएको स्थान हो । फलस्वरुप : सन् २०१९ को डिसेम्बर महिनामा पहिलो पटक शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले नेपालको शैक्षिक लक्ष्यमा जलवायु शिक्षा को पाठ्यक्रम विकास गरी प्रकाशन गरेको थियो ।
उक्त पाठ्यक्रमको सिकाइ उद्देश्यमा, नागरिकहरूलाई जलवायु परिवर्तन सम्बन्धी सचेत बनाउनु र प्राकृतिक तथा मानव सिर्जित प्रकोपको सम्भावित जोखिमहरू घटाउन र व्यवस्थापन गर्न सक्षम बनाउनु लेखिएको छ ।वास्तवमा वातावरण संरक्षण एक जनाको मात्र अथक प्रयासले सम्भव छैन त्यसैले वातावरण संरक्षण सबैको सहकार्यबाट मात्र सफल हुन्छ साथै वन, वन्यजन्तु र समग्र जैविक विविधता प्राकृतिक वातावरणको संरक्षणमा सबैलाई समाहित गराउनु आजको नितान्त आवश्यकता छ ।

विद्यालयले विद्यालय आरम्भको समय देखि नै बालबालिकाको मस्तिष्कमा वातावरण संरक्षण प्रति प्रेरित गर्नका लागी विद्यालय स्तरमा पढ्ने बालबालिकाहरूलाई इको क्लबका माध्यमद्वारा बाल्य अवस्थाबाट नै संरक्षणका विभिन्न क्रियाकलापको माध्यबाट सहभागी गराएमा बालबालिका प्रति वन, वन्यजन्तु र समग्र जैविक विविधता प्राकृतिक वातावरणको संरक्षण प्रति सकारात्मक सोचको विकास गराउन सकिएको खण्डमा विद्यालय पनि जलवायु न्यूनिकरणमा योगदान पुग्नेछ ।
त्यसकै फलस्वरुप एक विद्यालय एक बगैँचा तथा वृहत हरित क्षेत्र निमार्णको कार्यलाई प्रभावकारी रूपले अगाडि बढाउनका लागी नेपाल सरकारले हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ बनाएको थियो । खासमा यसको मुख्य उद्देश्य भनेको विद्यालयमा अध्ययन गर्ने बालबालिकामा सानै उमेर देखि नै विद्यालय परिसरको खाली क्षेत्रमा हरियाली गराई विद्यालय एक हरित विद्यालयले रुपमा स्थापन गर्ने भन्ने मुख्य लक्ष्यका साथमा यस निर्देशिका बनाइएको थियो ।
विद्यालय भनेको समाज तथा विश्वलाई नै परिवर्तन गर्न सक्ने भएकोले बालबालिकालाई वातावरण संरक्षणमा समाहित गर्न सकेको खण्डमा विश्वले खेपिरहेको अधिक तापक्रम तथा जलवायु परिवर्तनलाई न्यूनिकरण गर्नका लागी विद्यालयले प्रमुख भूमिका खेल्न सक्छ र यो अपरिहार्य आवश्यकता देखिन्छ । विद्यालय स्तरमा नै फोहर व्यवस्थापन र फोहरलाई मोहरमा परिवर्तन गर्ने खाल्को शिक्षाको आवश्यकता देखिन्छ । हुनँ त यसले क्षणिक रुपमा केही जलवायु परिवर्तनका लागी केही नगरेको जस्तो देखिएला तर यसले अन्ततोगत्वा यसले सकारात्मक प्रभाव भने पक्कै पार्नेछ ।
विद्यालय स्तरमा जलवायु न्यूनिकरण सम्बन्धि शिक्षा दिन प्रदान गर्न सकेको खण्डमा जलवायु न्यूनिकरणका लागी विद्यालय एक मार्गदर्शक हुन सक्नेछ । हुनत् विद्यालयमा अध्यापन पुस्तकमा जलवायु परिवर्तन सम्बन्धि विषयमा नलेखिएको भने पक्कै पनि छैन तर विद्यार्थीलाई पुर्ण रुपमा बुझनका लागी पनि प्रयाप्त पाठयपुस्तक भने पाईदैन् नत विद्यालय स्तरमा नै जलवायु परिवर्तन सम्बन्धि प्रभावकारी तालिम तथा व्यावहारिक शिक्षा पनि भएको पाईदैन् । अनलाईन पत्रिका द थर्ड पोलका अनुसार धेरै विद्यार्थीहरु भने अनभिज्ञ नै भएको पाउन सकिन्छ संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले गरेको सर्भे अनुसार दक्षिण एसियाका ८ देशमा १५ देखि २४ वर्ष उमेर समूहका झण्डै २६,००० सहभागीहरू माझ सन् २०२० मा एक सर्भेक्षण गरेको थियो ।
सर्भेक्षणले जलवायु शिक्षामा ठुलो खाडल रहेको पत्ता लगायो । पाकिस्तान, भारत, अफगानिस्तान र श्रीङ्काका सहभागीमध्ये १० मा एक सहभागीले जलवायु परिवर्तको बारेमा केही पनि नसुनेको बताए । जलवायु परिवर्तन र भूमण्डलीय तापमान वृद्धीको व्याख्या गर्न सक्ने सबैभन्दा धेरै विद्यार्थी ९ सहभागीताको ५० प्रतिशत बङ्गलादेशमा थिए भने सबैभन्दा कम ९२७ प्रतिशत पाकिस्तानमा थिए । नेपालका ४,१९७ सहभागीमध्ये ३४ प्रतिशतले मात्रै जलवायु परिवर्तन र भूमण्डलीय तापमान वृद्धीको व्याख्या गर्न सकेका थिए ।
सि.एन.ए. को रिपोर्ट अनुसार सिंगापुर हरित योजना २०३० अनुसार देशमा भएका प्रत्येक विद्यालयमा प्राथमिक तथा विश्वविद्यालय स्तरमा वातावरण संरक्षकहरु उत्पादन गर्नका लागी पाठ्यक्रमा नै विद्यालय वातावरण एकीकृत धारणा दिनका लागी सिंगापुरले विद्यालयको पाठ्यक्रम र देशको दिगो लक्ष्यको रुपमा राखेको पाईन्छ । सिंगापुरले विद्यालयको पाठ्यक्रमा विद्यालय वातावरण एकीकृत धारणा सामावेश गर्नुको मुख्य उदेश्य विद्यालय स्तरमा नै जलवायु परिवर्तन र खाद्य सुरक्षाको बारेमा अझ धेरै ज्ञान,धारणा होस् भनेर राखिएको छ । तसर्थ विद्यालय स्तरमा नै थप क्रियाकलापहरु द्वारा वालबालिकाहरुमा विद्यालय स्तरमा नै पाठ्यक्रम तथा क्रियाकलाप थप गरेको छ ।
परियार एकीकृत भू–परिधि व्यवस्थापन आयोजना कार्यरत हुनुहुन्छ ।


