bardiyahospital

समस्याग्रस्त १३ वटा वन्यजन्तुको उद्धार

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा समस्याग्रस्त १३ वटा वन्यजन्तुको उद्धार गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले समस्याग्रस्त १३ वटा वन्यजन्तुको उद्धार गरेको हो ।

पासोमा परेका, जनधनको क्षति गरेका र समस्याग्रस्त वन्यजन्तुलाई उद्धार गरिएको हो । गत आर्थिक वर्ष ०८२र८३ मा समस्याग्रस्त दुईवटा बाघको उद्धार गरिएको थियो । जसमध्ये एउटा बाघको उपचारपश्चात् प्राकृतिक वासस्थान छोडिएको छ भने अर्को बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको रम्बापुर रेन्ज पोस्टमा राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताउनु भयो ।

cld

गत आर्थिक वर्षमा नौवटा समस्याग्रस्त चितुवाको समेत उद्धार गरिएको थियो । उद्धार गरिएकोमध्ये दुईवटा चितुवाको मृत्यु भएको छ । त्यसैगरी दुईवटा समस्याग्रस्त चितुवालाई उद्धार केन्द्रमा राखिएको छ भने पाँचवटा चितुवालाई प्राकृतिक वासस्थानमा पुनः छाडिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

समस्याग्रस्त एउटा हात्ती र घरधनीलाई हानेर मारेको एउटा गोरुको पनि उद्धार गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.