
प्रकाश पौडेल
गुलरिया । बढैयाताल गाँउपालिका र मधुवन नगरपालिकाका विभिन्न वडामा सञ्चालित कोभिड १९ बाट प्रभावित समुदायहरुको पुनरुत्थान परियोजनाका विभिन्न कार्यक्रमहरुको स्थलगत अनुगमन गरीएको छ ।
लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघले परियोजना सञ्चालन गरेको छ । परियोजनामा कोभिड १९ बाट प्रभावित समुदायका विपन्न परिवारलाई स्वास्थ्य बिमा, सुत्केरी साम्रागी वितरण, बाख्रा पालन, कुखुरा पालन, मकै खेती, किराना पसल सञ्चालनका लागि विभिन्न साम्रागी उपलब्ध गराइएको कार्यक्रम संयोजक बिष्णु नेपालीले बताउनु भयो ।


बढैयाताल गाँउपालिका वडा नं. १ का वडाध्यक्ष शेर बहादुर थापा , वडा नं.२ का वडाध्यक्ष काजीमान सुनार ,वडा नं. ७ का वडाध्यक्ष ईन्द्र लुईटेल , वडा नं. ८ का वडाध्यक्ष सुन्दर श्रेष्ठ , स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेल लगाएत टोलीले अनुगमन गर्नु भएको थियो ।
त्यसैगरी मधुवन नगरपालिका वडा नं.७ वडाध्यक्ष राजेन्द्र हमाल , स्वास्थ्य शाखा प्रमुख मणीराम आचार्य , पशुसेवा शाखा प्रमुख गणेश बहादुर बोहरा, लगाएतको टोलीले अनुगमन गर्नु भएको थियो ।

बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दिपा गौतमले दलित महिला उत्थान संघले सञ्चालन गरेको कार्यक्रमले कोभिड १९ बाट आर्थिक रुपमा प्रभावितलाई सहयोग गरकोमा धन्यवाद दिनु भयो । साथै उपाध्यक्ष गौतमले संस्थाले गरेको सहयोगले विपन्न परिवारलाई आर्थिक राहत मिल्ने बताउनु भयो ।

मधुवन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष डिल्ली राज खनालले संस्थाले सञ्चालन गरेका कामले मधुवनका धेरै जनताले सेवा प्राप्त गरेको र त्यसबाट जनता खुसी भएको बताउनु भयो । दलित महिला उत्थान संघकी अध्यक्ष खिमा बि.क.ले भारतसँग सिमाना जोडिएका पालिका पुनरोत्थान परियोजना अन्र्तगत स्वास्थ्य बिमा , कृषि र वर्थिङ्गसेन्टर व्यवस्थापनका लागि सहयोग सम्बन्धी कार्यक्रम सञ्चालनमा रहेको बताउनु भयो ।



