Krishnasar_Dubble Ad
Barista_Training

१० जना युवा एमालेमा प्रवेश

प्रतिवद्धता पत्र सार्वजनिक

Geruwa GIF

मधुवन ।
बर्दियाको मधुवनमा १० जना युवा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
७४ औ पार्टी स्थापना दिवसको अवसरमा नेकपा एमाले मधुवन नगरकमिटिकले आयोजना गरेको एक कार्यक्रममा युवाहरु प्रवेश गरेका हुन् । प्रवेश गर्ने युवाहहरुमा मधुवन नगर पालिका ६ का इन्द्र सुनार, सन्दिप सुनार, सागर खत्री , किरण वंशि, दिपक तिरुवा , ललित नेपाली, कमल गुरुङ्ग, विनोद खड्का र धनबहादुर सुनार रहेका छन् ।


यता मधुवन नगरकमिटिले प्रतिवद्धता –पत्र सार्वजनिक गरेको छ । नगरकमिटिले मधुवन नगरपालिकाको विकासका लागि विभिन्न २० ओटा शिर्षकमा प्रतिवद्धता व्यक्त गरेको छ । प्रतिवद्धतामा नगर क्षेत्रमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने, सहकारी मार्फत गाउँगाउँमा सहकारी घर घरमा रोजगारी कायम गर्ने उल्लेख गरीएको छ ।

Basgadhi PSA_final


त्यसैगरी सानोश्री र ताराताललाई स्मार्ट सिटि बनाउने, पर्यटकिय नगर बनाउने, निशुल्क शिक्षा प्रदान गर्नुका साथै प्राविधिक व्यवसायीक तथा वैज्ञानिक शिक्षामा जोड दिने योजना नेकपा एमाले मधुवन नगरकमिटिले ल्याएको छ ।
नगरकमिटिले विशेषज्ञ सहितको अस्पताल, स्वास्थ्य चौकी स्तरोन्नती, आँखा अस्पताललाई जिल्ला कै नमुना अस्पताल बनाइने , फोहोरलाई व्यवस्थीत गरी मोहोरमा बदल्ने, स्वास्थ्य विमा र निःशुल्क स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
नगरपालिकाको रिङ्गरोड सहित मुख्य र सहायक सडक निर्माण गरीने, लिङ्करोड कालोपत्रे, कुशुम्बाघाटमा आधुनिक शवदहन स्थल निर्माण, आधुनिक खेल मैदान निर्माण गर्ने योजना अघि सारीएको छ ।

त्यसैगरी प्रतिवद्धता पत्रमा जेष्ठनागरीकहरुलाई डे केयर सेन्टर तथा दिवा विश्राम गृहको व्यवस्थापन गरीने, उनीहरुको ज्ञान र अनुभवको सम्मान गर्दै स्वास्थ्य सेवाका कार्यक्रमहरुको सञ्चालन गरीने उल्लेख गरीएको छ । बबई गेरुवा, ओराही नदीको व्यवस्थापन गर्दै नदिकटान रोकीने प्रतिबीहरुको ज्ञान र अनुभवको सम्मान गर्दै स्वास्थ्य सेवाका कार्यक्रमहरुको सञ्चालन गरीने उल्लेख गरीएको छ । बबई गेरुवा, ओराही नदीको व्यवस्थापन गर्दै नदिकटान रोकीने प्रतिबद्धता गरीएको छ ।

नगरको प्रतिवद्धता सार्वजनिक गर्दै मधुवन नगरपालिकाका नगरप्रमुख उमेद्वार धर्मराज थापाले मधुवनको विकास र समृद्धिका लागि नेकपा एमाले सदैव प्रतिवद्ध रहेको बताउनु भयो ।

 

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page