Division forest_Ads
Barista_Training

बर्दियाका संचारकर्मीहरु निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न प्रतिबद्ध

Geruwa GIF

बर्दिया ।
बर्दियाका संचारकर्मीहरुले निर्वाचन आचरसंहिता पालना गर्न र गराउनका लागि प्रतिबद्धता जनाएका छन् ।सम्बाद समुह बर्दियाको आयोजनामा मंगलबार बर्दियाको गुलरियामा निर्वाचन आचारहिता कार्यन्वयन र संचरकर्मीहरुको भूमिकाको बिषयक छलफल कार्यक्रममा संचारकर्मीहरुले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Basgadhi PSA_final

संचरकर्मीहरुले अहिले राजनीतिक पार्टीहरुले आचारसंहिता कार्यान्वयनमा गम्भिर नभएको बताउनु भएको छ । प्रचारप्रसारको समयलाई ख्याल नगर्ने, र झन्डा तोकीएको साइजभन्दा ठूला झण्डा र व्यानरहरुको प्रयोग गर्ने । ठूला आवाज(साउड)मा डि जे बजाएर प्रचारप्रसार गरिहेकोले ध्वानीप्रदुर्षन गरिहेकोले सम्बन्धित सरोकारवाला सबैले सचेत हुनु पर्ने कुरामाजोड दिनु भएको छ ।


छलफलमा बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पान्डेले संचारकर्मीले निर्वाचनआचार संहिता पालना गर्दै राजनीतिक दलहरुलाई सचेत गराउन महत्वुर्ण भूमिका निर्वाह गर्नु पर्ने बताउनु भएको छ । आचार संहिता उल्घन गर्ने उम्मेद्वार तथा राजनीतिक दलले गरेको पाएमा निर्वाचन अधिकृतको कार्यालय तथा मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्न आग्रह गर्नु भएको छ ।

छलफलमा जिल्ला निर्वाचन कार्यालय बर्दियाका निर्वाचन अधिकारी कृष्ण कुवँरले पत्रकार आचार संहिताको बारेमा जानकारी गराउनु भएको थियो । आचार संहिता कार्यान्वयन आफुबाट शुरुवातगरि आफ्नो क्षेत्रमा कार्यान्यन गराउन प्रतिबद्ध हुने पर्ने बताउनु भएको छ ।
छलफल कार्यक्रममा बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पान्डे, निर्वाचन कार्यालय बर्दियाका निर्वाचन अधिकृत कृष्ण कुँवार सम्बाद समुहका पदाधिकारी र बर्दिया संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.