Division forest_Ads
Edu_Barabardiya

प्रचारको क्रममा दुर्घटना हुँदा नगरप्रमुखका उम्मेदवार घाईते

Bidhut Notice
Geruwa GIF

ठाकुरबाबा ।

Basgadhi PSA_final

चुनावी प्रचार प्रसारको क्रममा दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिकाका निवर्तमान नगरप्रमुख एवं एमालेकाको तर्फबाट नगरप्रमुखका उम्मेद्वार घन नारायण श्रेष्ठ घाइते हुनु भएको छ । चुनावी प्रचारको क्रममा ठाकुरबाबा नगरपालिका –४ सुन्दरपुर स्थित श्रेष्ठ सवार भे ६ प ५५९८ नम्बरको मोटरसाईकल लाई भे १२ प ४५६९ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो ।


ठक्करबाट निवर्तमान नगरप्रमुख श्रेष्ठको दायाँ खुट्टामा गम्भिर चोट लागेको छ । उहाँको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार गराई थप उपचारको लागि काठमाडौँ लगिएको छ । मोटरसाईकल चालक ठाकुरबाबा नगरपालिका ७ बस्ने ज्ञानेन्द्र बहादुर खड्कालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.