bardiyahospital

दुई बर्षमा १७ जना बालबालिकाको विवाहमा रोक

Geruwa GIF

गुलरिया ।

बर्दियाको गुलरियामा १७ जना बालबालिकाको बालविवाह हुने क्रममा रोकीएको छ । दलित महिला उत्थान संघ बर्दियाले बालविवाह तथा चाँडै हुने विवाह न्यनीकरण र रोकथाम परियोजनाको समिक्षा बैठकमा परियोजना अवधिमा १७ जना बालबालिकाको बालविवाह रोक्न सफल भएको जनाएको छ ।

cld

नगरपालिकाको विभिन्न समुदायमा बालविवाह गर्न तयारीमा रहेका विवाहहरु परियोजनाले गठन गरेको किशोर किशोरी संजाल र संयुक्त सञ्जालले रोकेको हो । वालविवाह हुनबाट रोकीएका अधिकांश बालबालिकाहरु हाल अध्ययन गरीरहेको परियोजना अधिकृत जिरा विकले बताउनु भयो ।

दुई बर्ष अगाडी २०२० जुन १५ देखि बर्दियाका तिन ओटा पालिकाहरुमा परियोजनाको सुरुवात भएको थियो । गुलरिया नगरपालिकाको २,३,८ र ९ वडा, मधुवन नगरपालिकाको १,२,३ र ५ नं वडा र ठाकुरबाबा नगरपालिकाको २,४ र ८ नं वडामा परियोजनाको कार्यक्रम सञ्चालित रहेको थियो ।

गर्लस् फर फण्डको ७९ लाख ९६ हजार आर्थिक सहयोगमा सञ्चालित परियोजनाले बालविवाह र चाँडै हुने विवाह न्युनीकरणका लागि काम गरेको परियोजना अधिकृत वि.क.ले बताउनु भयो । परियोजना अवधिभरी २३ ओटा क्रियाकलाप गरीएको उहाँले बताउनु भयो ।


कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले भौतिक विकास मात्र विकास नभएको बताउँदै सामाजिक विकास गर्नका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनु भयो । बालविवाह र चाँडो हुने विवाह न्युनिकरणका लागि तिन ओटै तहका सरकार जिम्मेवारी रहेको बताउँदै सामाजिक संघ संस्थाले यस्ता कार्यक्रम सञ्चालन गरेर स्थानीय सरकारलाई सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले अभियान सञ्चालनका लागि नगरपालिका सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो ।


बर्दियाको दलित महिला संघ बर्दियाकी अध्यक्ष खिमा वि.कले एक बर्ष यो कार्यक्रम सिकाईका लागि सञ्चालन भएको र दुई बर्ष परियोजनाले राम्रो कार्यक्रम गरेको बताउनु भयो । उहाँले अझ थप कार्यक्रमका लागि प्रस्ताव पठाईएको बताउँदै अहिले देखिएका कमी कमजोरीलाई सुधारेर अभियानलाई थप शशक्त बनाउँदै लैजाने बताउनु भयो ।


कार्यक्रममा गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुनिल पाण्डे, गैरसरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना, गुलरिया नगरस्तरीय किशोर किशोरी सञ्जालकी अध्यक्ष करुण पौडेल, नगरस्तरीय संयुक्त सञ्जालकी अध्यक्ष चन्द्रा चन्द, पत्रकारहरु ज्योती पन्थी, यज्ञप्रसाद सापकोटा, मुरली गोडीया लगाएतकाको उपस्थीती रहेको थियो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.