bardiyahospital

बर्दियामा सवारी दुर्घटनामा वृद्धि

सवारी साधन  कारवाहीबाट एक करोड तिन लाख राजश्व संकलन

Geruwa GIF

प्रकाश पौडेल । गुलरिया (बर्दिया)


बर्दियामा सवारी दुर्घटना बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बर्दिया जिल्लामा गत आर्थिक वर्षमा सवारी दुर्घटना बढेको हो ।

cld


जिल्ला ट्राफिक कार्यालयले गत आर्थिक बर्ष २०७८/०७९ मा बर्दियामा १ सय ४६ जनाको सडक दुर्घटनामा मृत्यु  भएको जनाएको छ । सो आर्थिक वर्षमा सडक दुर्घटनामा परि एक  सय ८२ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा ३७ जनाको मृत्यु र १ सय जना घाइते भएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा ३८ जनाको मृत्यु र १ सय २ जना घाइते भएको ट्राफिक कार्यालयले जनाएको छ । 


सडक दुर्घटनामा बढ्दै गएपछि ट्राफिक प्रहरी कार्यालयले चेकजाँचलाई कडाइ गरेका छ ।  चेक जाँचमा कडाइ गरेसँगै सवारी साधन कारवाहीमा पर्नेको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । ट्राफिक कार्यालय बर्दियाका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार ७ सय ३८ सवारीसाधन कारवाहीमा परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा १७ हजार ९ सय ३९ सवारी साधनलाई कारवाही गरिएको छ । आर्थिक वर्ष २०७७/०७८को तुलनामा गत आर्थिक वर्षमा  ७ सय ९८ ओटा सवारी साधन बढि कारवाहीमा परेका छन् । त्यसैगरी  आर्थिक वर्ष २०७६/०७७ मा ११ हजार २ सय ३५ सवारी साधनलाई कारवाही गरिएको ट्राफिक कार्यालय बर्दियाका प्रहरी हवल्दार कृष्ण डाँगीले बताउनु भयो । 


सवारी साधन कारवाहीमा पर्ने संख्या बढे सँगै ट्राफिक प्रहरीले उठाउने राजश्व पनि बढेको छ ।  गत आर्थिक वर्ष एक करोड तिन लाख ३१ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७७/७८ मा एक करोड एक लाख ५९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो । भने आर्थिक वर्ष २०७६/७७ मा ६५ लाख दुई हजार राजश्व संकलन गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।
हवल्दार डाँगीले जिल्लामा अनुमति पत्र बिना सवारी साधन चलाउने, कागजपत्र साथमा नराख्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, गाडीको क्षमता भन्दा बढी यात्रु बोक्ने ,मालवाहक गाडीमा क्षमता भन्दा बढि सामान बोक्ने,  सवारी साधनको अवस्था ठीक नभएमा, ट्राफिक चिन्हको उल्लघंन गरेका सवारी चालकलाई कारवाही गरेको बताउनु भयो ।

 

जिल्ला ट्राफिक कार्यालयका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक ईश्वर देवकोटाले जिल्लामा सडक दुर्घटना बढेपछि चेकजाँच बढाइएको बताउनु भयो । चेक जाँच सँगै सवारी दुर्घटनामा कमी आउने बताउँदै उहाँले जिल्लामा सात युनिटले सात स्थानमा छड्के चेकजाँच गरेको बताउनु भयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.