bardiyahospital

बर्दिया अस्पताल देश कै उत्कृष्ट घोषणा

Geruwa GIF

प्रकाश पौडेल,बर्दिया (गुलरीया)

बर्दिया अस्पताल देशकै उत्कृष्ट अस्पताल घोषित भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको न्यूनतम सेवा मापदण्ड कार्यन्वयन  अनुगमन  कार्यक्रममा बर्दिया अस्पतालले  ९५ अङ्क ल्याएर देशकै उत्कृष्‍ट घोषित भएको हो ।

cld


लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद कुमार गिरीले बर्दिया अस्पतालले सेकेन्डरी लेभलका अस्पतालमा देशकै उत्कृष्ट अस्पताल भएको बताउनु भयो । उहाँले अस्पतालको सीमित स्रोत साधन र जनशक्ति हुँदा पनि न्यूनतम सेवा मापदण्डमा अब्बल भएकोमा सम्पूर्ण अस्पताल टिमलाई बधाई दिनु भएको छ । निर्देशक डाक्टर गिरीले आगामी दिनमा प्रदेश निर्देशनालयले अस्पताललाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । साथै बर्दिया अस्पतालमा हुने मेजर अप्रेसन कम हुँदै गएको बताउँदै उहाँले यो कमी हुनुको कारण पत्ता लगाई समस्या समाधान गर्न निर्देशन दिनु भएको छ । 


लुम्बिनी प्रदेशभरि रहेका अस्पताल मध्ये बर्दिया अस्पतालले न्यूनतम  सेवा मापदण्ड कार्यन्वयनको विभिन्न सूचकाङ्कमा उत्कृष्ट अङ्क प्राप्त गरेर नेपालमै सेकेन्डरी लेभलको अस्पतालमा उत्कृष्ट भएको  भेरी अस्पताल नेपालगञ्जको नर्सिङ्ग प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले बताउनु भयो ।
जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर बिष्टले बर्दिया अस्पताल पहिलो भएकोमा खुसी व्यक्त गर्दै बधाई दिनु भएको छ । प्रमुख बिष्टले आगामी दिनमा पनि अस्पतालको उन्नति गर्न अस्पतालका सम्पूर्ण टिममा काम गर्न सुझाव दिनु भएको छ ।


बर्दिया अस्पतालका व्यवस्थापन समिति अध्यक्ष नारायण गौतमले बर्दियाका नागरिकमा अस्पताल प्रति विश्वास बढ्दै गएको बताउनु भयो । उहाँले आगामी दिनमा अस्पतालको विकासको योजना बनाएर लाग्ने बताउनु भयो ।


बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभास पाण्डेले अस्पताल पहिलो हुनुमा सम्पूर्ण टिमको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । डाक्टर पाण्डेले जनशक्ति र स्रोत साधनको अभाव हुँदा हुँदै पनि अस्पतालले उत्कृष्ट सेवा दिई रहेको बताउनु भयो । आगामी दिनमा  सेवालाई  अझ प्रभावकारी बनाएर सेवा बिस्तार गर्ने उहाँको भनाई छ । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.