
मुकुन्द सुवेदी
बर्दिया ।
बर्दिया २ मा प्रतिनिनिधि सभा सदस्यमा स्वतन्त्र उमेद्वार लालविर चौधरी विजयी हुनु भएको छ ।

निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार २६ हजार ५२० मत सहित चौधरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फका सुरेश पन्थले २६ हजार ३८४ मत पाउनु भएको छ । पन्थलाई १३६ मतले पछि पार्दै चौधरी विजयी हुनुभएको हो ।
स्वतन्त्र उमेद्वार रहेका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले सहयोग गरेको थियो । चौधरी रेशम चौधरीका बाबु हुनुहुन्छ । क्षेत्र नं. २ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उमेद्वार रहेका रेशम चौधरीको उमेद्वारी रद्द भएपछि नागरिक उन्मुक्ति पार्टीले उहाँलाई सहयोग गरेको थियो ।
त्यस्तै नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत सहित तेश्रो स्थानमा सिमित हुनुभयो । सो क्षेत्रमा २ स्वतन्त्र सहित ८ जनाको उमेद्वारी रहेको थियो ।


