bardiyahospital

बर्दियामा पूर्व सांसद सहित ६५ जना एमालेमा प्रवेश

Geruwa GIF


यज्ञप्रसाद सापकोटा
बर्दिया, २६ चैत


बर्दियाको मधुवन नगरपालिकामा भएको एक कार्यक्रममा पुर्व सांसद सहित विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मिसन आरारुट अभियान अन्र्तगत मधुवन नगरकमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा  जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य  पुर्व संघिय सांसद चिरञ्जीवी थारु ६ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । दश वर्ष अगाडि नेकपा एमाले छोडेर समाजवादी बनेका थारू अरु पार्टीका भविष्य नभएको र देश बनाउने पार्टी नेकपा एमाले नै भएको हुनाले एमाले मै फर्किएको बताउनु भयो  । 

cld

त्यसैगरी नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य एवं जनजाति महासङ्घका केन्द्रीय सदस्य तारा थापा मगर नेकपा एमालेमा फर्किएका छन् । नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी बनेको पार्टीमा गएका थापामगर ३० जना कार्यकर्ता सहित पुरानै पार्टीमा फकिएका हुन् ।  त्यसैगरी नेपाली काँग्रेस पार्टी परित्याग गरी ४ जना नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् भने २५ जना नेकपा माओवादी केन्द्र लगाएतका पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको मधुवन नगरकमिटी अध्यक्ष दुर्गा वलीले बताउनु भयो । 

 

नेकपा एमाले पार्टी प्रवेश गर्नेलाई प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय कमिटी सचिव टोपबहादुर रायमाझी, विशिष्ट अतिथि पाटी स्थायी कमिटी सदस्य डा राजन भट्टराई र विशेष अतिथि पार्टी पोलिटब्युरो सदस्य शान्ता चौधरीले टिका लगाई खादा ओढाएर स्वागत गर्नु भएको छ । 


कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले देशको संरक्षण गर्ने र देशको हितमा काम गर्ने पार्टी नेकपा एमाले मात्र भएको बताउनु भयो । उहाँले अरु पार्टीको भविष्य नभएको बताउँदै हिक्मत भए नेकपा एमाले सँग एक्लै लडेर देखाउन चुनौती दिनु भयो । मिसन ग्रासरुट अभियानले सबै पार्टी मिलेर आएपनि उनीहरूलाई ध्वस्त पार्ने अभियान भएको उहाँले बताउनु भयो । 


अहिलेको सरकार जनताको भन्दा पनि विदेशीको कम्र्फटेबल सरकार बनाएको उनीहरूले नै भन्दै गरेको प्रमुख अतिथी रायमाझीले बताउनु भयो । देशलाई लुट्नका लागि गठबन्धन बनाएर लोभी पापीहरु लागिरहेको बताउँदै  हामी जनता समक्ष आएका छौँ ।उहाँले भन्नु भयो –‘ ५ वर्ष पछि यिनीहरूले बिगारेको देश  सुर्धाछौँ, धैर्यगर्नुस् ।’

   
मधुवन नगरपालिकामा सञ्चालन भएको मिसन ग्रासरुट अभियानमा ९ ओटा वडामा ४६ ओटा टोल कमिटि गठन भएको छ । केही वडाहरु पुर्न गठन भएको छ ।  ९ सय २८ जना सङ्गठित सदस्यहरूलाई पार्टी काममा जोडेको मधुवन नगर कमिटीका अध्यक्ष दुर्गा वलीले बताउनु भयो । ८ वटा वडामा अखिल नेपाल महिला संघ गठन भएको छ । युवासंघ नेपालको ६ वटा वडामा र  अखिल नेपाल किसान महासंघको ६ वटा वडामा गठन भएको छ  । त्यसैगरी भुत पूर्व प्रहरी सैनिक संगठन गठन भएको छ । भूमिहीन तथा श्रमिक संघ नेपाल , जातीय मुक्ति समाज, स्वरोजगार श्रमिक संघ नेपाल लगायतका नगरस्तरका कमिटी गठन गरी  एक हजार ४६ जना नेता कार्यकर्तालाई कमिटिमा आवद्ध गरेको अध्यक्ष वलीले बताउनु भयो । त्यसैगरी मधुवन नगरपालिका मिसन ग्रासरुट अभियानमा ११ हजार ४० जना जनतासँग सम्पर्क समन्वय गरेको अध्यक्ष वलीले बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका जेष्ठ सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.