bardiyahospital

महिलाको नाममा व्यवसाय दर्तामा वृद्धि

Geruwa GIF


प्रकाश पौडेल
गुलरिया । 

 महिलाको व्यवसायीक फर्म दर्ता गर्दा राजस्व छुट र अनुदान पाउने भएपछि महिलाको नाममा व्यवसाय दर्ताको सङ्ख्यामा वृद्धि भएको छ ।  घरेलु तथा साना उद्योगको कार्यालय गुलरिया बर्दियामा पुरुषको नाममा भन्दा महिलाको नाममा बढि उद्योग व्यवसाय  दर्ता भएको छ । 

cld


महिलाको नाममा उद्योग व्यवसाय दर्ता गर्दा दर्ता शुल्कमा पचास प्रतिशत छुट हुने व्यवस्था छ । त्यसैगरी  महिला उद्यमीलाई प्रोत्साहन गर्न तालिम सरकारद्वारा अनुदान र सहुलियत दरमा महिला उद्यमी कर्जाको सुविधा रहेको छ ।


घरेलु तथा साना उद्योगको कार्यालय गुलरिया बर्दियामा चालु आर्थिक वर्षमा तीन सय छ वटा उद्योग दर्ता भएका छन् । जसमध्ये एक सय ९० वटा उद्योग महिलाको नाममा दर्ता भएका छन् । भने एक सय १६ वटा उद्योग पुरुषको नाममा दर्ता भएको छ । 


आर्थिक वर्ष २०७८/०७९ एक हजार ४४ वटा उद्योग दर्ता भएको छ । जसमध्ये सात सय २८ वटा उद्योग महिलाको नाममा दर्ता भएको छ । भने तीन सय २८ वटा उद्योग पुरुषको नाममा दर्ता भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गुलरिया बर्दियामा आर्थिक वर्ष २०७९/०८० मा दुई सय ६२ वटा वाणिज्य दर्ता भएको छ । जसमध्ये एक सय ५३ वटा वाणिज्य महिलाको नाममा दर्ता भएको छ । भने एक सय नौ वटा वाणिज्य पुरुषको नाममा दर्ता भएको छ । 


आर्थिक बर्ष २०७८/०७९मा  छ सय ४१ वटा वाणिज्य दर्ता भएका छन् । जसमध्ये चार सय ३५ वटा वाणिज्य महिलाको नाममा दर्ता भएका छ । भने दुई सय छ वटा वाणिज्य पुरुषको नाममा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका सूचना अधिकारी पूर्णमान वलीले बताउनु भयो । 


महिलाको नाममा उद्योग तथा व्यवसायी दर्ता घरेलु तथा साना उद्योग कार्यालय गुलरिया बर्दियाका सूचना अधिकारी पूर्णमान वलीले महिला उद्यमीको नाममा फर्म दर्ता गर्दा दर्ता शुल्कमा पचास प्रतिशत छुट हुने गरेको बताउनु भयो । उहाँले महिला उद्यमीलाई प्रोत्साहन गर्न कार्यालयले महिला उद्यम तालिम दिने गरेको बताउनु भयो । उहाँले महिलाले सञ्चालन गरेको उद्योगलाई विशेष प्राथमिकता राखेर राज्यले  अनुदानको दिने गरेको बताउनु भयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.