bardiyahospital

स्थापना दिवसको अवसरमा रक्तदान

Geruwa GIF

प्रकाश पौडेल । 
गुलरिया 


त्रिभुवन नमुना माध्यामिक विद्यालयमा भुरीगाँउमा रक्तदान कार्यक्रम गरिएको छ । विद्यालयको ५९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । 

cld


नेपाल युवा रेडक्रस सोसाइटी सर्कल श्री त्रिभुवन नमुना माध्यामिक विद्यालयको आयोजना , नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखा, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाको समन्वय र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दिया र नेउलापुर स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । 


नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाका सभापतिले ठाकुरबाबा नगरपालिका वडा नं १ का वडा अध्यक्ष निमराज खनाल, ग्रामीण विकास बैंक ठाकुरबाबा शाखाका प्रबन्धक चक्रबहादुर शाही, राष्ट्रिय वाणिज्य बैंक भुरिगाउँ शाखाका प्रबन्धक चन्द्रप्रसाद तिमिल्सेना नेपाली कांग्रेसका  ठाकुरबाबा नगरपालिकाका उपसभापति लक्ष्मण गौली लगायत ४६ जना रक्तदाताले रक्तदान गरेका थिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया अध्यक्ष प्रेमप्रसाद  लम्सालले त्रिभुवन नमुना माविले रक्तदान कार्यक्रम जस्तो पवित्र र उदाहरणीय गरेको बताउनु भयो । उहाँले विद्यालयले स्तरबाट पनि रक्तदान कार्यक्रम गर्न सकिने रहेछ भन्ने उदाहरण नमुना मावि देखाएको बताउँदै विद्यालय, क्याम्पसमा पनि रक्तदान कार्यक्रम आयोजना गरी रक्तदानको महत्वको बारेमा जानकारी गराउनु पर्ने बताउनु भयो । 


त्रिभुवन नमुना मावि. का शिक्षक रक्तदान कार्यक्रमका संयोजक खगेन्द्रबहादुर शाहीले विद्यार्थीलाई उत्प्रेरित गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु  भयो । १८ वर्ष पुरा भएका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीले पनि सक्रिय भएर रक्तदान गरेका थिए ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.