bardiyahospital

बबई क्याम्पसको अनियमितता लुकाउन दौडधुप

Geruwa GIF

कृष्णसार अनलाइन/बर्दिया ‌‌(गुलरिया)। मध्यपश्चिम विश्वविद्यालयकाे आ‌ंगिक क्यापस बर्दियाको बबई बहुमखी क्याम्पसमा भएको अनियमितता ढाकछोपको लागि दौडधुप शुरु भएको छ । बबई क्याम्पसको अडिटोरियम हलका लागि आवश्यक सामाग्री खरिदमा व्यापक अनियमिता भएको सम्बन्धी कृष्णसार अनलाइनले समाचार प्रकाशित गरेपछि उक्त अनियमितता ढाकछोपका लागि क्याम्पस प्रमुख विरेन्द्रराज लम्साल सहितको टोलीले दौडधुप गरेको हो ।

अनियमितता भएको स्पष्ट हुँदाहुँदै पनि त्यसलाई ढाकछोपका लागि भरमग्दुर प्रयास भैरहेको स्रोतले बतायो । स्रोतका अनुसार सामाग्री सप्लाई गर्ने व्यापरी देखि क्याम्पस प्रमुख, खरीद उप समिति र लेखा शाखाका कर्मचारीहरुको दौडधुप समाचार प्रकाशित भएको दिन देखि व्यापक बनेको छ । अनियमितता ढाकछोपका लागि एक नेताले महत्वका साथ चासो दिएर लागेको पाइएको छ ।

cld

उनले जसरी पनि यो घटनालाई ढाकछोप गरेर सामसुम पार्न खोजेको स्रोतले जानकारी दियो । स्रोत भन्छ, ‘ती नेताले सामान खरिदको अनियमितता मिलाउने भन्दै व्यापारी र क्याम्पस प्रशासन बीच वार्ता गराउने गरेका छन् ।’

कृष्णसार अनलाइनमा समाचार प्रकाशित भएपछि अनियमितता लुकाउन गत असार ८ गते क्याम्पस प्रशासनमा राती वैठक बसेर चलखेलको रणनीति तय गरेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.