bardiyahospital

बालिका बलात्कारको आरोपमा एक पक्राउ

Geruwa GIF


बर्दिया ।  
बालिका बलात्कार गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका वडा नं ६ बस्ने २१ वर्षीय युवा हरि खड्कालाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।


बलत्कारी आरोपी खड्काले बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी गत भदौ ५ गते राती बलात्कार गरेको पीडितले बताएकी छन् । पीडितले बुधबार (हिजो) प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । उजुरी परे लगत्तै इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनु भयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.