bardiyahospital

बर्दियामा पहिलो पटक पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने

Geruwa GIF

विशाल बस्नेत, गुलरिया । बर्दिया पहिलो पटक पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समिति बारबर्दियाको आयोजनामा प्रथम बर्दिया पालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।
विजयादशमी तथा दिपावलीको अवसर पारेर असोज २७ गतेबाट प्रथम पालिका स्तरीय क्रिकेट प्रतियोगिता बारबर्दिया–६ धामपुरमा हुन लागेको हो । युवाहरूको क्रिकेट खेल प्रति आर्कषण बढ्दै गएको हुँदा पालिका स्तरीय क्रिकेट प्रतियोगिता गर्न लागेको नगर उपप्रमुख रत्नकुमारी पाण्डेले बताउनु भयो । उहाँले पालिका स्तरीय क्रिकेट प्रतियोगिताको लागि नगरपालिकाले ४ लाख २५ हजार बजेट छुटाएको बताउनु भयो । पालिका स्तरीय क्रिकेट लगायत अन्य खेलको विकास गर्न पालिका सहयोग गर्न सँधै तयार रहेको बताउनु भयो ।


क्रिकेट प्रतियोगितामा सहभागी हुन पालिकाको सिफारिस र  १२ हजार ५ रुपैयाँ दस्तुर लाग्ने आयोजकले जनाएको छ । नगर खेलकुद विकास समितिका सदस्य चन्द्र बहादुर खत्रीले प्रतियोगिता लिग सिस्टबाट टाइसिट अनुसार, क्यानको नियम अनुसार खेलाइने जानकारी दिनु भयो । उहाँले खेलमा प्रथम हुनेलाई १ लाख १ हजार १ सय ११ र द्धितियलाई ५१ हजार १ सय ११ सहित मेडल, ट्रफी र प्रमाण पुरस्कार दिइने बताउनु भयो । त्यसैगरी म्यान अफ द म्याच नगद रु एक हजार पाँच सय, वेस्ट ब्याटस मेन नगद रु पाँच हजार, म्यान अफ द सिरिजलाई नगद छ हजार रुपैँया पुरस्कार रहेको छ ।
क्रिकेट प्रतियोगिता सहभागी हुन  टिमले २५ गते दिउसो १२ बजेसम्म दर्ता गर्नुपर्ने शिक्षा शाखा प्रमुख एवं नगर खेलकुद विकास समितिका सदस्य सचिव टीकानाथ गोसाइँ बताउनु भयो । उहाँले बर्दियाको ८ वटा पालिकाको बीचमा प्रतियोगिता हुने बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.