
कृष्णसार अनलाइन, बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका‐५, शक्तिपुर गाउँकी २८ बर्षीया सृजना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार शुक्रबार दिउँसो नजिकैको चिरौटे सामूदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको हो ।

मृतक डाँगीको शव घटना स्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानएको छ । घटना बारे जानकारी पाएपछि प्रहरी घटना स्थल पुगेको थियो ।


