bardiyahospital

 बर्ड फ्लु सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Geruwa GIF

 कृष्णसार अनलाइन, गुलरिया । बर्ड फ्लु रोग नियन्त्रण तथा जैविक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गुलरियामा सम्पन्न  भएको छ । पशु क्वारेन्टाइन चेक पोष्ट गुलरियाको आयोजनामा सो कार्यक्रम गरिएको हो ।

बर्ड फ्लु  घरपालुवा कुखुरा, हाँस, टर्की, र जंगली चराचुरुङ्गीमा लाग्ने संक्रमक र सरुवा रोग हो । यो रोग चराहरूबाट मानिसमा पनि सजिलै सर्न सक्दछ ।   बर्ड फ्लु संक्रमण भएको कुखुरा हाँस, टर्की र जंगली चराको मासु, प्वाँख,सिँगान, र्याल, सुली, दाना, अण्डा अण्डा राख्ने क्यारेट, दानाको सम्पर्कमा आएमा यो रोग सर्न सक्छ । यो सबैभन्दा छिटो पानीको माध्यमबाट रोग सर्ने गर्दछ ।

cld

 पशु कार्यालयका नेपालगञ्जका कार्यालय प्रमुख वरिष्ठ पशु रोग चिकित्सक डाक्टर विनय कुमार कर्णले वर्ड फ्लु भएका कुखुराले सेतो/हरियो/आउमासी जस्तो छेर्ने, आँखा रातो र भिजेको हुने, सिउर/लोती तथा कलेजो निलो हुने, टाउको/आँखा/अनुहार/घाँटी सुनिने ,  खुट्टाको छाला भित्री भाग रक्तश्राव हुने र बढी उमेरका कुखुरामा घाँटी बटार्ने, आंसिक/पूर्ण पक्षघात हुने तर्सिने काँप्ने जस्ता लक्षणहरू देखा परेमा नजिकको पशु शाखामा जानकारी गर्नु अनुरोध गर्नु भयो । उहाँले फार्ममा जङ्गली तथा स्वच्छन्द उड्ने चराहरू आउन नदिन तारजाली लगाउनु पर्ने र फार्ममा काम गर्न सुरक्षाको उपाय अपनाउनु पर्ने बताउनु भयो ।

 बर्ड फ्लुका बारेमा कृषक,  प्राविधिक र पशु स्वास्थ्य चिकित्सक बीचमा अन्तरक्रिया गरिएको पशु क्वारेन्टाइनको स्वास्थ्य प्राविधिक नारायण पोख्रेलले बताउनु भयो । उहाँ भन्नुभयाे –‘कहिलेकाँही नेपालमा बर्ड फ्लु देखा परेको छ, समयमा पहिचान हुदाँ बर्ड फ्लु नियन्त्रण गर्न सकिएको छ । फार्म सञ्चालन गर्नु भएको कुखुरा पाल्नु भएका उत्पादकहरूले कुखुरामा   के कस्ता कस्ता लक्षण वर्ड फ्लुको हुन्छ भन्ने थाहा पाउन जरुरी रहेकोले पनि अभिमुखीकरण गरिएको हो ।’कार्यक्रम बारबर्दिया, गुलरिया, मधुवन, बढैयाताल पशु प्राविधिक, भन्सारको कर्मचारी, सञ्चारकर्मी लगायतकाको सहभागिता रहेको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.